• नयाँ एयर फोर्स वानलाई रातो, सेतो र नीलो रंग लगाउने ट्रम्पको चाहना

  • सिबिएस न्युुजलाई दिएको एक अन्तर्वार्तामा, धेरै वर्षपछि अनावरण गर्न लागिएको राष्ट्रपतिय जेट विमानको दुई नयाँ विकल्पलाई रातो, सेतो र नीलो रंग लगाईने ट्रम्पले बताएका छन् । अमेरिकाको राष्ट्रपतिले प्रयोग गर्ने जेट विमान एयर फोर्स वानमा हाल हल्का नीलो रंग प्रयोग गरिएको छ ।
    “मैले भने – फेरी पनि त्यही पुरानो नीलो रंग गर्ने हो र ? र हामीले गर्ने छैनौं । तपाईंलार्ई थाहा छ हामी कुन रंग प्रयोग गर्दैछौं ? अनुमान लगाउनुहोस्,” सिबिएसका जेफ ग्लोरलाई ट्रम्पले भने । “रातो, सेतो र नीलो ।”
    गत सप्ताहन्तमा स्कटल्यान्डमा छायाँङ्कन गरिएको र मंगलबार प्रसारण गरिएको उक्त अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् । नयाँ मोडेलको विमान “अविश्वसनिय” र “विश्वकै उत्कृष्ट” हुने तर आपैंm भने उक्त विमानमा यात्रा गर्न नपाउने वा कम्तिमा धेरै लामो प्रयोग नगर्ने ट्रम्पले बताएका छन् ।
    नयाँ एयर फोर्स वान “धेरै हदसम्म भावी राष्ट्रपतिहरुका लागि हुनेछ, किनभने यो निर्माण हुने बेलासम्म – यसो भन्दा मलाई दुख लागेको छ – निकै लामो समय हुनेछ; यो एकदमै जटिल परियोजना हो ।”
    महिनौंको वार्तापछि, ३ अर्ब ९० करोड अमेरिकी डलरको कुल लागतमा दुई नयाँ विमान निर्माण गर्न बोईङ्सँग सम्झौता गरिएको व्हाईट हाउसले फेब्रुअरीमा घोषणा गरेका थियो ।
    यस अघि बोईङ्सँग ट्रम्पको कठा वार्ताले करदाताको १ अर्ब ४० करोडभन्दा धेरै पैसा जोगाएको व्हाईट हाउसले दाबी गरेको थियो । सिबिएसको उक्त अन्तर्वार्तामा, “१ अर्ब ५० करोड अमेरिकी डलर बचाउन सफल भएको” बताउँदै उक्त दाबीलाई अझ बढाएका छन् ।
    तर सन् २०१६ मा, ट्रम्प आपैंmले पनि नयाँ विमानहरुका लागि प्रारम्भिक मुल्य ४ अर्ब अमेरिकी डलर हुने दाबी गरेका थिए । त्यो समयमा उक्त रकम “अनुपयुक्त” भएको बताएका थिए । ट्रम्पले बोईङका आँखा गाड्नु वर्षाैं अघि नै वायु सेनाले पनि लागन कम गराउन काम गरेको थियो ।
    वर्तमान एयर फोर्स वान, बोईङ ७४७ को परिमार्जित स्वरुप, सन् १९९० देखि चालु भएको हो । प्राविधीक रुपमा, राष्ट्रपतिले प्रयोग गर्ने, कमान्डर–इन–चिफको यात्राका अवधिका लागि, जुनसुकै विमानलाई एयर फोर्स वान भनेर चिनिन्छ ।
    झण्डै तीन दशकपछि, उक्त विमानको स्तरोन्नती गर्ने बेला यस अघि नै भएको ट्रम्पले सिबिएसलाई बताए ।
    “एयर फोर्स वान तीन वर्ष पुरानो भईसक्यो,” ट्रम्पले भने,“र यस्तो हुनुहुँदैन ।”
    नयाँ संस्करण सन् २०२४ को डिसेम्बरसम्म निर्माण हुने अनुमान गरिएको छ । यद्यपि ट्रम्पले सन् २०२१ सम्म निर्माण सम्पन्न गर्न जोड दिएका छन् । पहिलो कार्यकाल नसकिदैं ट्रम्प उक्त विमान चढ्न चाहन्छन् ।

  • कमेन्ट गर्नुहोस्