• नेपाली भाषाकाे नाम र साहित्यको परिभाषा परिवर्तन आवश्यक

  •  

    २३ मे ।  साहित्यिक अध्येयता विश्वासदीप तिगेलाले नेपाली भाषाको नाम र साहित्यको परिभाषा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

    ग्लोबल नेटवर्कको भर्चुवल नियमित ५ औं श्रृंखला कन्फिरेन्समा तिगेलाले प्रिजेन्टेशन गर्दै उक्त कुरा बताएका हुन् । उनले भाषाको नाम ‘नेपाली’ राखिनुले नेपालका अन्य भाषीहरुको मनोविज्ञानमा असर परेको र नेपाली पहिचान भएका भारत, भुटान र बर्माका नागरिकहरुमा भाषिक हिंसा भएको कुरा तथ्य सहित प्रस्तुत गर्दै समाधानको लागि भाषाको नाम नेपालीको सट्टा ‘खसजुम्ली’ भन्नु उपयुक्त हुने आधार प्रस्तुत गरे ।

    नेपालभित्र बोलिने सबै मातृभाषाहरुको साहित्य संमग्रमा नेपाली साहित्य भनी परिभाषा गर्नुपर्ने उनको जिकिर रहेको थियो । उनले विकल्पको रुपमा नेपालका सबै भाषाहरुको साहित्य भनी जनाउन ‘नेपालीय साहित्य’ भन्न सकिने पनि तर्क प्रस्तुत गरेका छन् ।

    तिगेलाको प्रस्तुतिपछि भाषाविद् अमृत योन्जनले यो बेग्लै पाटोको विषय बहसमा आउनु नयाँ र महत्वपूर्ण भएको प्रतिक्रिया व्यक्त गरेका थिए । प्राध्यापक बालकृष्ण माबोहाङले अघोषित भाषिक समस्याको उठान हुनु आवश्यक रहेको बताउनु भयो ।

    कन्फिरेन्समा विश्वासदीप तिगेला ।

    उक्त प्रस्तुतिमाथि खुसी लिम्बू, प्रमोद श्रेष्ठ (युएई), अमित थेवे (युके), साङसेन पन्धाक, मुनाराज शेर्मा, मनोज घर्तिमगर, टेक बहादुर थापा, लिला सेलिङ माबो, डा. निमेश लम्साल, धनराज लिम्बू (साउदी), पदम चेन्जी लगायत डेड दर्जनले जिज्ञासा र प्रश्नसहित सुझाव दिएका थिए । कन्फिरेन्समा विभिन्न मुलुकबाट चार दर्जनको सहभागिता रहेको थियो ।

    प्रश्नहरुको उत्तर दिने क्रममा उनले प्रिजेन्टेशनमा आफ्नो प्रकाशन्मुख पुस्तकमा समेटिने दुई कार्यपत्रको सारांश रहेको बताएका थिए । अमेरिकाको म्यासच्युट युनिभर्सिटी मातहत डा. मारुहाँङ लिम्बूको संयोजनमा आयोजित कन्फिरेन्स करिब दुई घण्टा चलेको थियो ।

  • कमेन्ट गर्नुहोस्