• कोरोनाभाइरसबाट विश्वभर १ सय ३८ नेपालीको मृत्यु

  •  

    लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

    एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जनाकुवेतमा १ जनायुकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले निधन भएको छ । 

    संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । 

    १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायतसंयुक्त राज्य अमेरिकायुएई, साउदी अरबबहराइनकुवेतकतारआयरल्याण्डजापानटर्र्कीनेदरल्याण्डस्र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

    संयोजक डा.सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा संक्रमण गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।  नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ जना रहेका छन् भने १३ जनाको  मृत्यु भएको छ ।

    नेपाल फिर्तिलाई व्यवहारिक बनाउन एनआरएनएको आग्रह

    सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुआतको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताएका छन् ।

    सरकारले लकडाउन भएको ७४ दिन पछि सरकारले पहिलो पटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ।  विदेशबाट नेपाल फर्किन लागेका  अन्य नेपालीहरुको फिर्ति प्रक्रियालार्ई व्यवहारिक बनाउन संघले नेपाल सरकालाई आग्रह गरेको छ ।

  • कमेन्ट गर्नुहोस्