• मकाउका जुवाडेलाई प्रतिबन्ध लगाउन माग

  • नयाँ तथ्याङ्क अनुसार जुवाको लत बसेका जुवाडेहरुले मकाउका क्यासिनोमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
    शहरको गेमिङ ईन्स्पेक्सन एन्ड कोअर्डिनेसन ब्युरोले – पोर्चुगल भाषामा संक्षिप्त रुप डिआईसिजे नामले बढी परिचित – यो साता सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो वर्षको पहिलो ६ महिनामा २ सय ३३ जनाले क्यासिनो प्रवेशमा रोक लगाउन औपचारिक निवेदन दर्ता गराएका छन् । सन् २०१७ को तुलनामा यस वर्ष ५४ जना बढीले यस्तो निवेदन दिएका हुन् ।
    क्यासिनोका कर्मचारीलाई ड्युटी समयभन्दा बाहेक क्यासिनो प्रवेशमा लोक लगाउन विश्वकै सबैभन्दा धेरै नगद–समृद्ध जुवा गन्तव्यका विधायकहरुले एउटा कानुन गत बिहीबार पारित गरेपछि यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
    उक्त तथ्याङ्क र कर्मचारी निषेधको नयाँ व्यवस्थालाई अधिकारीहरुले जुवाको समस्या र रोग समाधान गर्ने उपायका रुपमा बताए पनि, क्यासिनो आउने समग्र आगन्तुकको संख्यालाई हेर्दा यो तथ्याङ्क समुद्रमा एउटा थोपा मात्रै हो ।
    सन् २०१७ मा ३ करोड २६ लाख मानिसले मकाउ भ्रमण गरेका थिए । जुवामाथि भन नपरे अस्तित्वको संकट आईलाग्ने शहरमा अधिकांश आगन्तुकले बाक्कारेटको टेबलमा समय बिताएका थिए । पछिल्लो तथ्याङ्कबाट, २ सय – वा ८५.५ प्रतिशत – निवेदन “स्वयंलाई निषेध” गर्न माग गरिएका छन् भने बाँकी तेश्रो पक्षले बुझाएका छन् ।
    अघिल्लो वर्ष, क्यासिनोमा ३ सय ७६ जनाले प्रवेश निषेधका लागि निवेदन दिएका थिए । यस्तो निवेदन सन् २०१६ मा ३ सय ५१, सन् २०१६ मा ३ सय ५५, सन् २०१४ मा २ सय ८० र सन् २०१३ मा २ सय ७६ जनाले दिएका थिए ।
    नोभेम्बर २०१२ देखि लागु भएको एक कानुन अन्तर्गत, आपैंm वा पति÷पत्नि, आमाबाबु, सन्तान वा नजिकको आफन्तले त्यसतो निवेदन दिए, डिआईसिजेले अधिकतम दुई वर्षको अवधिसम्म ती व्यक्तिहरुलाई सबै वा निश्चित क्यासिनो प्रवेशमा रोक लगाउनेछ ।
    प्रतिबन्धित अवधि दौरान, प्रतिबन्ध उल्लंघन गर्नेहरुलाई १ हजारदेखि १० हजार पटाकासम्म जरिवाना गरिनेछ । क्यासिनो सञ्चालकलाई पनि निरीक्षणको जिम्मेवारी लागु हुन्छ जसको उल्लंघन भएका सम्बन्धित क्यासिनोले १० हजारदेखि ५ लाख पटाकासम्मको जरिवाना बुझाउनु पर्नेछ ।
    “जुवाको लतबाट प्रभावित भनी दर्ता भएका व्यक्तिमध्ये, क्रुपियर र क्यासिनोका अन्य कर्मचारी सबैभन्दा धेरै छन्,” अर्थ तथा वित्त सचिव लियोनल ल्योङले गत साता कर्मचारी निषेध पारित गर्ने विधायकहरुलाई बताए ।
    पछिल्लो तथ्याङ्ले सिंगापुरलाई पनि पछि पारेको छ । तुलनात्मक रुपमा शहरको नयाँ जुवा उद्योगमा – जहाँ जुवाप्रति मकाउभन्दा उदार दृष्टिकोण छैन – सन् २०१० मा पहिलो क्यासिनो सञ्चालन भएदेखि २ लाख ७७ हजार ४ सय ४६ वटा सक्रिय बहिष्करण दर्ता गरिएका छन् ।

  • कमेन्ट गर्नुहोस्