• भारत महिलाका लागि सबैभन्दा असुरक्षित देश

  • विश्वका विशेषज्ञहरूले मंगलबार सार्वजनिक गरेको सर्वेक्षण नतिजा अनुसार यौन हिंसा र जबरजस्ती श्रमको उच्च जोखिमका कारण भारत महिलाहरूका लागि विश्वकै खतरनाक देश बनेको छ ।
    महिलाका मुद्दाबारे थोम्सन रोयटर्स फाउन्डेसनले गरेको ५ सय ५० जना विज्ञहरू सम्मिलित उक्त सर्वेक्षणमा युद्धग्रस्त अफ्गानिस्तान र सिरिया दोश्रो र तेश्रो वरियतामा रहेका छन् । उनीहरूको पछि सोमालिया र साउदी अरब रहेका छन् ।
    शीर्ष १० को सूचीमा संयुक्त राज्य अमेरिका एउटा मात्रै पश्चिमा मुलुक रहेको छ । यौन हिंसा, दुव्र्यवहार र जबरजस्ती यौनमा लगाउने उच्च जोखिम भएको देश कुन हो भनी महिलाहरूलाई प्रश्न गर्दा सहभागीहरूले अमेरिकालाई संयुक्त तेश्रो स्थानमा राखेका थिए ।
    यस अघि सन् २०११ मा यस्तो सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षण अनुसार अफ्गानिस्तान, कंगो, पाकिस्तान, भारत र सोमालिया महिलाहरूका लागि सबैभन्दा खतरनाक देश थिए । पाँच वर्ष अघि भारतको राजधानी नयाँ दिल्लीमा एक जना विद्यार्थीको बसमा बलात्कार गरी हत्या गरिएपछि महिला विरुद्ध हुने हिंसालाई राष्ट्रिय प्राथमिकतामा राखिएको थियो । उक्त घटनापछि पनि महिलाका लागि असुरक्षित देशको शीर्ष स्थानमा पर्नुले महिलाहरूले सामना गर्नुपरेको खतरा व्यवस्थापन गर्न भारतले खासै केही नगरेको देखाउँछ ।
    “भारतले महिलाप्रति पूर्ण उपेक्षा र अपमान देखाएको छ…बलात्कार, वैवाहिक बलात्कार, यौन दुव्र्यवहार, भ्रुण हत्या ज्युँ का त्युँ छ,” कर्नाटक राज्य सरकारका एक अधिकारी मञ्जुनाथ गंगाधरले भने,“विश्वमै तिव्र गतिमा वृद्धि भईरहेको अर्थतन्त्र र अन्तरिक्ष र प्रविधिको अग्रणी नेतृत्व महिला विरुद्ध हुने हिंसाका लागि लज्जित बन्नुपरेको छ ।”
    सन् २००७ देखि २०१६ को बीचमा महिला विरुद्ध हुने हिंसाको उजुरी दरमा ८३ प्रतिशत वृद्धि भएको सरकारी तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार प्रत्येक घण्टा चार वटा घटनाको उजुरी हुने गरेको थियो ।
    सर्वेक्षणका सहभागीहरूलाई संयुक्त राष्ट्र संघका १ सय ९३ देशमध्ये कुन पाँच देश महिलाका लागि सबैभन्दा खतरनाक र स्वास्थ्य स्याहार, आर्थिक श्रोत, साँस्कृतिक वा परम्परागत अभ्यास, यौन हिंसा र दुव्र्यवहार, गैर–यौन हिंसा र मानव बेचबिखनको सवालमा कुन देश सबैभन्दा कमजोर अवस्थामा रहेको भनी प्रश्न गरिएको थियो ।
    सहभागीहरूले भारतलाई यौन र घरेलु दासत्व लगायत मानव बेचबिखन र जबरजस्ती विवाह, भ्रुण हत्याजस्ता परम्परागत अभ्यासका लागि भारतलाई सबैभन्दा खतरनाक देश भनी सूचीकृत गरेका छन् । भारतको महिला र बाल विकास मन्त्रालयले सर्वेक्षणको नतिजाबारे प्रतिक्रिया दिन अस्विकार गरेको छ ।
    यौन दुव्र्यवहार विरुद्धको उच्चस्तरीय अभियान सम्बन्धि समाचार महिनौंसम्म छाईरहनाले महिलाका लागि सबैभन्दा खतरनाक १० देशको सूचीमा अमेरिका पनि परेको हुनसक्छछ ।
    “आम्दानीले महिला निन्दाबाट सुरक्षित बनाउँछ भन्ने मानिसहरूको सोंच छ, र दुखको कुरा यो सत्य हैन,” वाशिङ्टनस्थित नेशनल नेटवर्क टु एन्ड डोमेस्टिक भायोलेन्सकी कार्यकारी उपाध्यक्ष सिन्डी साउथवर्थले भनिन्,“हामी यसको पुनरावलोकन गर्नेछौं र यसलाई एउटा शक्तिशाली समस्या बिन्दुको रुपमा हेर्नेछौं ।”
    वार्षिक १ खर्ब ५० अर्ब अमेरिकी डलर बराबर अनुमान गरिएको विश्वव्यापी अपराध महिला बेचबिखनका लागि भारत, लिबिया र म्यान्मारलाई विश्वकै सबैभन्दा खतरनाक देश मान्ने गरिन्थ्यो ।
    “धेरै देशहरूमा महिला भएकै आधारमा दासत्वको शिकार हुने उच्च जोखिम सिर्जना हुन्छ,” दासत्व अन्त्य गर्न प्रतिबद्ध फ्रिडम फन्डका प्रमुख कार्यकारी निक ग्रोनोले बताए ।

  • कमेन्ट गर्नुहोस्