• मिस ट्याटु हङकङ

  • यो वर्षको हङकङ चाईना ईन्टरनेशनल ट्याटु कन्भेन्सनका आयोजकले तीन दिने कार्यक्रमको अन्तिम दिन आईतबार “मिस ट्याटु हङकङ” प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछन् ।

    अन्य ब्युटी प्याजेन्टभन्दा फरक यस प्रतियोगितामा सहभागी हुनलाई आवेदन दिएकामध्ये छनोट गरिएका अन्तिम सात प्रतिस्पर्धीलाई उनीहरुको रुपरंगको आधारमा मात्रै मुल्याङ्कन नगरिने आयोजक समिति सदस्य गिल्बर्ट चुङले बताए ।

    “अन्य ट्याटु प्रतिस्पर्धाभन्दा फरक, जहाँ कलाकारको सीप हेरिन्छ, हामी युवतीहरुले कसरी आफ्नो ट्याटु ‘क्यारी’ गर्छन् र ती ट्याटुले उनीहरुको व्यक्तित्वलाई कसरी पूर्ण बनाउँछ, त्यसको आधारमा निर्णय गर्नेछौं,” एचके०१ का एक जना च्यानल स्ट्रयाटजिस्ट तथा कन्भेन्सनका आयोजकमध्ये एक चुङले बताए ।

    शुक्रबार शुरु भएको उक्त कार्यक्रममा करिब २५ हजार सहभागी हुने अनुमान गरिएको छ, तर पहिलो दिन आएका हजारौं आगन्तुकमध्ये केही “मिस ट्याटु हङकङ” बाट प्रभावित देखिएनन् ।

    आफ्नो नाम मेनों बताउने एक फ्रान्सेली महिलाले “हामी महिलाहरु पनि ट्याटु खोपेका केही आकर्षक पुरुष हेर्न चाहन्छौं” भन्दै “मिस्टर ट्याटु हङकङ” आयोजना नगरिनुको कारण सोधिन् ।

    “ट्याटु सँस्कृति दुरदर्शी सोंच हो, तर यो प्रतियोगिताले अझै पनि महिलालाई वस्तु ठानेको छ,” एक जना स्थानीय विश्वविद्यालयका विद्यार्थी माईकलले ‌भने ।

    यसैबीच, सहभागी युवतीहरुको मुल्याङ्कन उनीहरुको ट्याटु – वा रुपरंग, के आधारमा गरिने हो भन्दै आगन्तुकद्व्य पो र डब्ल्यु. के. ले दुविधा व्यक्त गरे । “मेरो विचारमा आयोजकहरुले प्रतियोगिताको आडमा धेरैभन्दा धेरै मानिसहरुलाई कन्भेन्सनमा आकर्षित गराउन चाहन्छन्,” डब्ल्यु. के. ले भने ।

    चोङकिङ ट्याटु आर्टिस्ट ब्ल्याकी भन्छन्, “कुनै युवतीको सुन्दरताले ट्याटु, र त्यको मानविय प्रकृतिलाई पूर्ण बनाउन सक्छ ।”

    हङकङकी कार्लीको भने फरक मत छ । महिलाबीच ट्याटुको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै प्रतियोगिताले वैकल्पिक सँस्कृति मनाउने एउटा राम्रो मञ्च प्रदान गर्ने उनको विचार छ ।

    यो वर्षको प्रतियोगिता सफल भए आउने वर्ष “मिस्टर ट्याटु हङकङ” पनि हुनसक्ने एचके०१ का चुङले बताए ।

    कन्भेन्सनको यो छैंठौं वर्ष हो र विश्वभरका २ सय ७० आर्टिस्ट कार्यक्रममा सहभागी हुन्छन् । यो वर्ष, स्थानीय स्टुडियो फ्रिडम ट्याटु र चाईना ट्याटु डिभेलोप्मेन्ट लिग पहिलो पटक एउटै समूह भएर कार्यक्रममा सहभागी हुनेछन् ।

    फ्रिडम ट्याटुका संस्थापक गेब शुमले भने,”एशियाकै विशिष्ट ट्याटु कन्भेन्सनमा, धेरै मूलभूमि चीनियाँ आर्टिस्टहरुले हाम्रो कन्भेन्सनमा सहभागी र उपस्थित हुने रुची देखाएका छन् ।”

    “साँस्कृतिक विनिमयको प्रवर्द्धन र व्यावसायिक ट्याटु आर्टिस्ट र व्यवसायीको नयाँ पुस्ता प्रोत्साहन गर्न मूलभूमि र अन्तर्राष्ट्रिय समकक्षीहरुसँग थप सहकार्य हुने हामी आशा गर्दछौं ।”

    दैनिक ट्याटु प्रतिस्पर्धा र लाईभ ब्यान्ड संगीत बाहेक, समकालीन चीनियाँ कलाकार सोङ याङको “ब्याड गर्ल्स” श्रृंखलाको कला प्रदर्शनी पनि हुनेछ ।

    “मङ्की किङजस्तो परम्परागत चीनियाँ पात्र विश्वभरका मानिसमाझ परिचित छ । तर ‘ब्याड गर्ल’ गल्ती गर्न चाहन्छिन्, शपिङ गर्न मन पराउँछिन्, र उनका धेरै ब्लाईफ्रेन्ड पनि छन्,” सोङ भन्छन्, “म विश्वलाई समकालीन चीनियाँ युवा सँस्कृति यथार्थमा कस्तो छ भनेर देखाउन चाहन्छु – जहाँ ट्याटु लोकप्रिय र प्रशंसित पनि छ ।”

    कन्भेन्सन काई ताक क्रुज टर्मिनलमा सेप्टेम्बर २१ देखि २३ सम्म चल्नेछ ।

    स्टेफनी चुई / एससिएमपी

  • कमेन्ट गर्नुहोस्