• पूर्व विधायकको फोटो चोरी, सात वटा नक्कली फेसबुक प्रोफाईल

  • हङकङका विधायक जेम्स तियन पेई-चुन बितेका वर्षहरुमा थुप्रै व्यक्ति बनेका छन् ।

    उनी युनिभर्सिटी अफ लिभरपुलमा अध्ययन गरेका “जर्ज ग्याभिनो”; ओन्टारियो, क्यालिफोर्नियामा बस्ने नीजि कन्ट्रयाक्टर ताई विङ क्योङ; र च्याम लिन रायन भनिने विदेशी तेल कम्पनीको कामदार पनि बनेका छन् ।

    समग्रमा, तियनको अनुहार सात अन्य फेसबुक प्रोफाईलमा देखिएको छ – तर कुनै पनि प्रोफाईल उनले बनाएको होईन । पछिल्लो पटक, एलेन झोङको नामबाट अर्को फेसबुक प्रोफाईल देखा परेको छ । त्यसमा अप्रिलमा जापानको होक्काईदोमा तियनले खिचेको एउटा सेल्फी प्रयोग गरिएको छ । जर्ज तियन, डी स्टान्ली, र बोजिङ च्योङको नामबाट खोलिएका फेसबुक प्रोफाईलमा पनि उनको तस्बिर प्रयोग गरिएको छ ।

    प्रत्येक प्रोफाईलमा तियनलाई अविवाहित बताईएको छ । उनको पत्नि र सन्तानका लागि यो आश्चर्यको विषय हो । झोङको ४ सयभन्दा धेरै फेसबुक मित्र हुनु र तीमध्ये अधिकांश महिला हुनुले ती फेसबुक खाताहरु शहरमा व्याप्त नक्कली प्रेमको जञ्जालका लागि प्रयोग भईरहेको संकेत गर्दछ । सो खातामा झोङलाई “द्याट इगाला ब्वाई” बताईएको छ । इगाला नाईजेरियाको एउटा जातीय समूह हो ।

    तियनले यही उद्देश्यका लागि मात्रै पनि आफ्नो तस्बिर प्रयोग हुन नसक्ने बताउँछन् ।

    “मेरो फोटोलाई प्रोफाईल पिक्चर बनाउँदा फेसबुक खाता तुरुन्तै लोकप्रिय हुन्छजस्तो मलाई लाग्दैन,” उनले भने ।

    “तर अर्को दृष्टिकोणबाट हेर्दा, म हङकङमा एउटा लोकप्रिय व्यक्ति भएको देखाउन सक्छ ।”

    यो वर्षको शुरुको ७ महिनामा अनलाईन प्रेम मार्फत् ठगी गर्नेहरुले ३ सय ३८ जनाबाट झण्डै १७ करोड हङकङ डलर कुम्ल्याएका छन् । अघिल्लो वर्ष सोही अवधिमा ९० वटा घटनामा ४ करोड हङकङ डलर ठगी गरिएको थियो । पीडितमध्ये ९० प्रतिशत महिला छन् ।

    सन् २०१६ र अघिल्लो वर्षको दुई घटनामा नाईजेरियाली गिरोहका नाईकेहरुले बुनेको जालमा परेर १ सय २० जना हङकङेली महिलाबाट झण्डै ९ करोड हङकङ डलर ठगिएको थियो ।

    “यो झोङको मामिला केही विशेष खालको छ किनभने यसको जानकारी नाईजेरियासँग सम्बन्धित छ । अघिल्ला घटनाहरुमा यस्ता खाताहरु हङकङमै दर्ता गरिएका हुन्थे,” तियनले बताए ।

    तर उक्त फेसबुक खातालाई तत्काल यस्ता ठगीसँग सम्बन्धित नगरेको तियनले बताए । उनले फेसबुकसँग मात्रै सम्पर्क गरेका छन् । नक्कली फेसबुक खाताबारे उनले प्रहरीमा उजुरी समेत गरेका छैनन् ।

    “मैले प्रहरीलाई खबर गरिनँ किनभने त्यो खाताले कुनै अपराध गरेको प्रमाण छैन,” उनले भने ।

    फेसबुककी एक प्रवक्ताले, मानिसहरुलाई ठग्ने उद्देश्यले अरु कसैको तस्बिर प्रयोग गर्न नपाईने भएकाले, अरुको परिचय उल्लेख गरेर बनाईएका प्रोफाईलहरु हटाईने जानकारी दिएकी छिन् ।

    तियनले आफ्नो खाताको सुरक्षा सम्बन्धि खतरा नभएको बताए, तर अपरिचितहरुले उनको फोटोहरु चोरी र प्रयोग गरेको देखेर “केही दुखी” भएको स्वीकार गरे ।

    उनी लिबरल पार्टीका पूर्व अध्यक्ष तथा नेता र टाईकुन फ्रान्सिस तियन युआन-हाओका वंशज हुन् । यी आर्थिक-राजनीतिक कुलीन व्यक्तित्व म्यानहाटन ग्रुपका अध्यक्ष हन् । म्यानहाटन ग्रुप उनको पिताले स्थापना गरेको गार्मेन्ट कम्पनीबाट रियल ईस्टेट कम्पनीमा रुपान्तरण भएको हो ।

    “अनलाईन पोस्ट गरिएका फोटो चोरी हुनु र अरु कसैले त्यसलाई प्रयोग गर्नु; र अनलाईन प्रेमको ठगीमा पर्नु बेग्लै घटना हुन्,” तियनले भने ।

    “ईन्टरनेटमा चिनेको र जीवनमा कहिले पनि नभेटेको व्यक्तिलाई तपाईं कसरी पैसा दिन सक्नुहुन्छ ?”

    सु सिङ्क्वी/ क्लिफोर्ड लो

  • कमेन्ट गर्नुहोस्