• स्वतन्त्रत हङकङको माग गर्दै विद्यार्थीहरु अमेरिकी कन्सुलेट अघि भेला

  • शहरको लोकतान्त्रिक विकासलाई “धोका दिने” स्थानीय अधिकारी विरुद्ध कारवाहीको माग गर्दै स्वतन्त्रता समर्थक विद्यार्थी समूहका थुप्रै सदस्य तथा उनीहरुका दर्जनौं समर्थकहरु हङकङस्थति अमेरिकी कन्सुलेट अघि आईतबार साँझदेखि सोमबार बिहानसम्म भेला भएका छन् ।

    स्टुडेन्ट्स ईन्डिपेन्डेन्ट्स युनियनकका संयोजक वेन च्यान का-कुईमा नेतृत्वमा करिब सय जना प्रदर्शनकारीहरुले “स्वतन्त्र हङकङ” र “हङकङ चाईना होइन” लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नजिकै रहेको सरकारी मुख्यालयमा “ल्यान्ड रिक्लेमेसन” विरुद्ध बेग्लै विरोध प्रदर्शनम सहभागी भएपछि प्रदर्शनकारीहरु  कन्सुलेटतर्फ अघि बढेका थिए ।

    कन्सुलेटका प्रवक्ता हार्भी सर्नोभिजलाई याचिका बुझाउन च्यान र दर्जनौं प्रदर्शनकारीहरु सोमबार बिहानसम्म बसेका थिए । कन्सुलेट जाने क्रममा, विरोध प्रदर्शन कार्यक्रम अग्रिम रुपमा स्वीकृत नगरिएको र गैरकानुनी सभा गरेकोमा सहभागीलाई कारवाही हुनसक्ने बारे अधिकारीहरुले चेतावनी दिएका थिए ।

    गार्डेन रोड, सेन्ट्रलस्थित अमेरिकी नियोग पुगेपछि, प्रदर्शनकारीहरुले प्रहरीद्वारा तोकिएको प्रदर्शन क्षेत्र प्रयोग गर्न अस्वीकार गरे । उनीहरु मुख्यद्वार अनि भेला भए । कन्सुलेटका अधिकारीलाई आफ्नो याचिका नबुझाएसम्म उनीहरु त्यही रहने च्यानले बताए ।

    याचिकामा, नेतृ क्यारी लाम चेङ युएत-ङोर लगायत शहरमा लोकतन्त्रको विकासमा बाधा पुर्‍याउने सरकारी अधिकारी विरुद्ध कारवाही गर्ने माध्यम स्वरुप अमेरिकी कंग्रेसलाई चाँडै हङकङ ह्युमन राईट्स एन्ड डेमोक्रेसी एक्ट पारित गर्न च्यानले आग्रह गरेका छन् ।

    सन् २०१५ मा पाँच जना पुस्तक बिक्रेता बेपत्ता भएपछि थुप्रै अमेरिकी विधायकहरुले सन् २०१६ मा उक्त ऐन प्रस्ताव गरेका थिए । शहरमा आधारभूत स्वतन्त्रताको दमन गर्ने हङकङ वा मुलभूमी चीनका सरकारी अधिकारी विरुद्ध दण्डसजायको व्यवस्था गर्ने उक्त प्रस्ताव कानुनमा पारित गरिएन ।

    च्यानले अमेरिकासँग हङकङका अधिकारीको स्वामित्वमा रहेका सम्पत्ति रोक्का गर्न पनि माग गरेका छन् । विरोध प्रदर्शन गरेको करिब १ घण्टापछि राती ८ बजेतिर, दर्जनौं प्रदर्शनकारीहरु कन्सुलेट बाहिर रहेका थिए । उनीहरुको भेला गैरकानुनी सभा भएकोबारे प्रहरीले बारम्बार चेतावनी दिएका थिए ।

    प्रतिक्रिया स्वरुप, च्यान र अन्यले र्‍याली सकिएको दाबी गरेका थिए । चलिरहेको विरोध व्यक्तिगत गतिविधी भएको उनीहरुले बताए । सोमबार बिहानसम्म पनि थुप्रै प्रदर्शनकारीहरु मुख्यद्वार अघि भेला भएका थिए । प्रवेशद्वार अघिल्तिर प्रतिबन्धित क्षेत्रमा प्रहरी तैनाथ थिए भने अन्य वरपर उभिएका थिए । प्रहरी अधिकारीले तलासी गर्दै, उनीहरुको परिचयपत्र र आवासिय ठेगाना सोध्न थालेपछि अधिकांश प्रदर्शनकारी फर्किएका थिए । कुनै औपचारिक गिरफ्तारी भने गरिएको छैन ।

    अघिल्लो महिना राष्ट्रिय सुरक्षा र सुव्यवस्थामा जोखिम पुग्ने भन्दै , हङकङका सुरक्षा सचिव जोन ली का-चिउले हङकङ नेशनल पार्टी प्रतिबन्ध गर्ने अभूतपूर्व निर्णय गरेका थिए । लामले स्वतन्त्रताको वकालत नसहने पनि चेतावनी दिएकी छिन् ।

    आत्मनिर्णय वा स्वतन्त्रताको समर्थन गर्ने कसैलाई पनि हङकङमा “समावेशीताको लागि स्थान” नहुने, र पाउनेहरु पनि कहिल्यै विधायक नबन्ने लामले शनिबार बताईन् । एक पटक आत्मनिर्णयको समर्थन गरेकै आधारमा व्यवस्थापिका परिषद्को सीटका लागि उम्मेदवारी दिनबाट विपक्षी नेतृलाई सरकारले निषेध गरेको केही घण्टामै यस्तो निर्णय भएको हो ।

    यस अघि आईतबार, कजवे बेदेखि सरकारी मुख्यालयसम्म गरिएको र्‍यालीमा हजारौं सहभागी भएका थिए । अघिल्लो साता, १ हजार ७ सय हेक्टर रिक्लेम्ड जमिनमा एउटा आवासिय तथा व्यावसायिक केन्द्र निर्माण गर्ने लामद्वारा प्रस्तावित योजनाको विरोधमा उक्त र्‍याली आयोजना भएको थियो । लान्ताउ आईल्यान्ड पूर्वमा निर्माण गरिने उक्त प्रस्तावित योजनाले  ११ लाख मानिसलाई आवास सुविधा उपलब्ध गराउने बताईएको छ । योजना अत्यन्तै महँगो भएको र यसले वातावरण विनाश गर्ने भनी आलोचना भएको छ ।

  • कमेन्ट गर्नुहोस्