• क्याथे ड्रागनका चालक दलद्वारा युनियनलाई आवश्यक परे हड्ताल गर्ने अधिकार

  • ड्युटी रोस्टर र अन्य मुद्दाबारे व्यवस्थापकहसँग चलिरहेको द्वन्द्वका बीच आवश्यक परे हड्तालसम्म गर्ने अधिकार युनियनलाई दिन क्थाथे ड्रागनका फ्लाईट अटेन्डेन्टहरुले मंगलबार मतदान गरेका छन् ।

    हङकङ ड्रागन एयरलाईन्स फ्लाईट अटेन्डेन्ट्स एसोसिएसन (एफएए) हड्ताल गर्ने पक्षमा नरहे पनि “व्यवस्थापन कति कमजोर छ भनेर सर्वसाधारणलाई बुझाउन” हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा ठूलो विरोध प्रदर्शन गर्नेबारे विचार भईरहेको युनियनकी प्रमुख रेबेक्का साइ ओन-नाले बताईन् ।

    उठाईएको मुद्दाप्रति एयरलाईनले कस्तो प्रतिक्रिया दिन्छ, अगाडीको कारवाही त्यसैमा भर पर्ने साइले बताईन् । जम्मा खसेका ३ सय ५८ मध्ये, मतदाताको प्रतिनिधीले गरेको मतदान सहित, ३ सय ३८ जना पक्षमा र एक जनाले विपक्षमा मत खसालेका थिए । मतदानमा १९ जना सहभागी थिएनन् ।

    एयरलाईनले युनियनसँग मंगलबार बिहान भेटेको जनाएको छ । तर एफएएले त्यो औपचारिक नभएको र कुनै माईन्युट पनि नटिपिएको बताएको छ ।

    “एउटा साझा समझदारीमा पुगिएको छ,” क्थाथे ड्रागनकी एक प्रवक्ताले भनिन्, “सदाझैं, हामी हाम्रा मानिसहरुको कुरा सुन्न प्रतिबद्ध छौं ।”

    यद्यपि, यसले युनियनको बैठक रोक्न सकेन । एयरलाईनले मुद्दाबारे बुझेको, तर कुनै समाधान प्रस्ताव नगरेको, त्यही नै “साझा समझदारी” भएको साइले बताईन् ।

    क्थाथे ड्रागनमा करिब १ हजार ८ सय ८० जना चालक दल छन् । तीमध्ये अधिकांश हङकङमा बस्छन्, र उनीहरुमध्ये १ हजारभन्दा धेरै युनियनका सदस्य छन् । एयरलाईनसँग ४७ वटा विमान छ । क्थाथे ड्रागनले एशियाका ४८ वटा गन्तव्यमा उडान भर्दछ ।

    एयरलाईन हाल घाटामा गईरहेको क्याथे प्यासेफिक समूहको एउटा अंश हो । समूहमा हाल विशाल पुनर्संरचना भईरहेको छ जसबाट ४ अर्ब हङकङ डलर बचाउने अपेक्षा गरिएको छ ।

    हङकङका फ्लाईट अटेन्डेन्टहरु रोस्टरमा भएको परिवर्तनबाट दुखी छन् । भएको परिवर्तनका कारण उनीहरुले भत्ता वापत मासिक एक हजार हङकङ डलर गुमाईरहेका छन् । उनीहरुको स्थानमा मुलभूमी चीनका सस्तोमा काम गर्ने चालक दललाई खटाईएको छ ।

    “यो खर्च कटौतीको मुद्दा हो । खर्च कटौती मात्रै गरेर हुँदैन, हङकङको चालक दल र उनीहरुको लाभ र मनोबललाई पनि हेर्नुपर्छ,” साइले भनिन् ।

    हङकङका सहकर्मीहरुको खर्चमा केही रुटहरुमा मुलभूमि चीनको चालक दललाई रात्रीकालीन यात्रामा बढी लगाउने गरिएको युनियनले बताएको छ । सगम्रमा, हङकङको चालक दलले नै बढी रात्रीकालीन उडान पाउने गरेका छन् । व्यवस्थापनले युनियनलाई ईमेलमार्फत् उत्पादनशीलताको आधारमा नै ड्युटी रोस्टर बनाईएको बताएको छ ।

    गत सेप्टेम्बर मा टाईफुन मेङखुतका कारण २४ घण्टासम्म उडान हुन नसकेपछि, उडान तालिकालाई सामान्य बनाउन एयरलाईनले गरेको हतारोप्रति पनि फ्लाईट अटेन्डेन्टहरु दुखी छन् । कर्मचारीहरुलाई ट्याक्सी चढेर नजिकको स्टेशनमा गई एयरपोर्ट एक्सप्रेस ट्रेन प्रयोग गरेर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा काममा हाजिर हुन बताईएको थियो ।

    कर्मचारीलाई पठाईएको एउटा ईमेलमा, क्याथे ड्रागनका प्रमुख कार्यकारी अधिकृत एल्गर्नन याउ यिङ-वाहले “सही सञ्चार नभएकोले असमझदारी बढेको” बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्