हङकङ सरकारबाट सम्मानित हुने पहिलो विदेशी नागरिक
एभरेष्टखबर
October 28, 2018
अष्ट्रेलियाली प्रहरी अधिकृत ज्याकरी रोल्फ हङकङ सरकारबाट सम्मानित हुने पहिलो विदेशी नागरिक बनेका छन् । रोल्फका लागि हङकङमा बहादुरीको मेडलबाट सम्मानित हुनु “ठूलो सम्मान” मात्रै नभएर “सपनाझैं” भएको छ ।
रोल्फले हङकङकी एक महिलालाई अष्ट्रेलियामा डुब्नबाट बचाएका थिए । डिसेम्बर २०१६ मा नर्दन टेरिटोरिजको एलिस स्प्रिङ्सभन्दा ३० किलोमिटर टाढा सडक पार गर्ने क्रममा ती महिला सवार गाडी बाढीले बगाएको थियो । बिना कुनै सञ्चार उपकरण र एक्लै, त्यो खतरनाक बाढीमा रोल्फले ती महिलाको खोजी गरेका थिए । उनी सात किलोमिटर टाढा भेटेएकी थिईन् । महिलालाई फेला पारेपछी रोल्फले बाढी तारेर उद्धार गरेका थिए ।

रोल्फसँगै २ सय ८२ जनाको नाम सरकारबाट सम्मान पाउनेहरुको नामावली सूचीमा परेको थियो । कार्यकारी प्रमुख क्यारी लाम चेङ चुएत-ङोरले शनिबार गभर्न्मेन्ट हाउसमा उनलाई मेडल प्रदान गरेकी छिन् ।
“यो ठूलो सम्मान हो, पक्कै पनि मैले यसको आशा गरेकी थिईनँ,” आफ्नो सुटमा लगाईएको मेडल देखाउँदै रोल्फले शनिबार भने, “मैले मेरो कर्तव्य पूरा गरेको हुँ, तर आज यहाँ उपस्थित हुन पाउँदा एकदमै गर्व लागीरहेको छ, सपनाजस्तै लागेको छ ।
पहिलो पटक हङकङ आएका रोल्फले “भिन्दै देशमा आएजस्तो” लागेको बताए । उनी अष्ट्रेलियाको ३० हजार जनसंख्या भएको एउटा मरुभूमिको शहरमा काम गर्छन् ।
“मलाई यहाँ रमाईलो लागीरहेको छ,” उनले भने ।
त्यसै गरी, गत अगष्टमा एउटा आँधीबीच अड्किएका दुई हाईकरलाई फेई ङोबाट सकुशल उद्धार गर्ने चार अग्निनियन्त्रकलाई पनि बहादुरीको पदकबाट सम्मानित गरिएको छ । सम्मान पाउनेहरुको नामावली जुलाई १ मा प्रस्ताव गरिएको थियो । कार्यकारी प्रमुख लामले पहिलो पटक अनुमोदन गरेको यो सूचीमा १० वर्षयता कै सबैभन्दा थोरै व्यक्तिहरु सम्मानित भए । चौथो वर्ष पनि प्यान-डेमोक्र्याटहरु सूचीमा परेनन् । समुदायमा उल्लेखनीय योगदान पुर्याउनेहरुलाई बेलायती प्रणालीका आधारमा यी सम्मानहरु प्रदान गरिन्छ । तर सरकारको सहयोगीहरुले मात्रै पाउँछन् भनेर पुरस्कारको आलोचना हुने गरेको छ ।

ग्रान्ड बहिनिया मेडलबाट चार जना लोकप्रिय हस्ती सम्मानित भए । सम्मानित हुनेमा न्यायाधिश रोबर्ट ताङ क्वोक-चिङ, शहरको सर्वोच्च अदालतका स्थानीय न्यायाधिश च्योङ होक-मिङ, ग्रामीण क्षेत्रका नेतृत्व तथा कार्यकारी परिषद्का पूर्वसदस्य, उद्यमी रोबिन च्यान याउ-हिङ तथा ख्यातिप्राप्त अनुसन्धाता प्राध्यापक रोजी यङ त्से-त्से रहेका छन् ।
माईक्रोबायोलोजिस्ट प्राध्यापक युएन क्वोक-युङ र न्यायाधिशद्वय डेभिड एडमन्ड न्युबर्गर र माईकल लन लगायत १० जनालाई गोल्ड बहिनिया स्टारबाट सम्मानित गरिएको छ । अभिनेत्री कारा वाई यिङ-हुङ, क्यान्टोनिज ओपेरा अभिनेता ल कार-यिङ र व्हिलचेयर फेन्सर यु चुई-यीलाई पनि ब्रन्ज स्टारबाट सम्मानित गरिएको छ ।
कमेन्ट गर्नुहोस्














