• हङकङ नेशनल पार्टीको अपिल सुन्ने प्यानलमा कार्यकारी प्रमुख पनि बस्ने

  • कार्यकारी प्रमखु क्यारी लाम चेङ युएत-ङोर हङकङ नेशनल पार्टीका सहसंस्थापक एन्डी च्यान हो-तिनको आवेदन खारेज गर्ने तयारीमा रहेको बुझिएको छ । 

    पार्टीलाई प्रतिबन्ध गर्नु अघि नै विषयवस्तुमा प्रतिक्रिया जनाईसकेको बताउँदै पार्टी नेता च्यानले लाम र कार्यकारी परिषद्का ८ जना सदस्यलाई पार्टी प्रतिबन्ध सम्बन्धि निर्णयको पुनरावलोकन बैठकमा सहभागी नहुन आग्रह गर्दै आवेदन दिएका छन् ।

    सेप्टेम्बर २४ मा पार्टीमाथि लगाईएको प्रतिबन्ध विरुद्ध हालै गरेको अपिलमा आवेदन दिएका च्यानले उनीहरुको सहभागीता पार्टीका लागी प्रकृयागत रुपमै अन्यायपूर्ण हुने बताएका छन् । लामले अध्यक्षता गर्ने परिषद्मा १६ जना औपचारिक र १६ जना अनौपचारिक सदस्य छन् ।

    पार्टीको नाम नलिई, शहरमा स्वतन्त्रताको जुनसुकै वकालतले “निश्चित रुपमा दमन सामना गर्ने” लामले जुलाईमा भनेकी थिईन् । सम्भावित प्रतिबन्धबारे सञ्चारकर्मीले प्रश्न गर्दा पृथक्तावादीहरुलाई कानुन अनुसार कारवाही समेत हुने र अगष्टमा, फोरेन करेस्पोन्डेन्ट्स क्लबले आयोजना गरेको कार्यक्रममा कुनै कानुनको उल्लंघन भए सरकारले पृथकतावाद विरुद्ध “कारवाही” गर्ने लामले बताएकी थिईन् ।

    एक श्रोतका अनुसार पार्टी प्रतिबन्ध सम्बन्धि निर्णयको पुनरावलोकनमा लाम पनि सहभागी हुनेछिन् । कार्यकारी परिषद्का औपचारिक सदस्य समेत रहेका सुरक्षा सचिव जोन ली का-चिउ भने बैठकमा सहभागी हुनेछन् । उनलै नै प्रतिबन्धको प्रस्ताव गरेका हुन् ।

    “लामको मुद्दा फरक छ, उनका अघिल्ला प्रतिक्रियाहरु साधारण नीति सम्बन्धी र स्वतन्त्र विरुद्धको अडानबारे थिए,” श्रोतले भन्यो ।

    कार्यकारी परिषद् सचिवालयले प्रतिक्रिया दिन मानेन ।

    “कार्यकारी परिषद्को गोपनियताको सिद्धान्त अनुसार, हामीले अपिलबारे प्रतिक्रिया दिने छैनौं,” प्रवक्ताले भने ।

    पार्टीमाथि लगाईएको प्रतिबन्धबारे बारम्बार प्रतिक्रिया दिएका वरिष्ठ काउन्सल तथा कार्यकारी परिषद् सदस्य रोन्नी तोङ का-वाहले यस अघि नै पुनरावलोकन बैठकमा सहभागी नहुने बताएका थिए । उनले बुधबार, लामको मुद्दा फरक भएको र उनका अघिल्ला प्रतिक्रियाहरु स्वतन्त्रता विरुद्ध मात्रै भएको र पार्टी विशेषप्रति लक्षित नरहेको बताएका छन् ।

    “सरकारले स्वतन्त्रताको विरोध गरे पनि, पृथक्तावादी समूहले सोसाइटिज अर्डिनेन्स उल्लंघन गरे मात्रै सरकारले कारवाही गर्न सक्छ,” उनले भने ।

    बाँकी रहेका पाँच सदस्यमध्ये च्यानले बैठकमा सहभागी नहुने बताए भने रेजिना ईप लाउ सुक-यी र होरेस च्योङ क्वोक-क्वानले न्याय विभागबाट कानुनी सल्लाह लिनुपर्ने बताए । बुधबार भएको व्यवस्थापिका परिषद् बहसमा, हङकङमा मुलभूमिवासीप्रति घृणा फैलाएकोमा ईपले च्यानको आलोचना गरे ।

    “मैले पार्टीबारे प्रतिक्रिया दिएको हैन, म केवल च्यानबारे मात्रै बोलीरहेको छु,” ईपले भने ।

    च्यानबाहेक, पार्टीका अर्का सहसंस्थापक जेसन चाउ हो-फाईले सोसाइटिज अर्डिनेन्स अन्तर्गत नै कार्यकारी परिषद्मा प्रतिबन्ध विरुद्ध बेग्लै अपिल गरेका छन् ।

    पार्टीले राष्ट्रिय सुरक्षा र सार्वजनिक सुव्यवस्थामा जोखिम निम्त्याएको लीले तर्क गरे पनि, संस्थापकद्वयले पार्टीले राजनीतिक अभिव्यक्ति मात्रै दिएको र स्वतन्त्रताको अडान प्रवर्द्धन गर्ने क्रममा कहिले पनि हिंसाको सहारा नलिएको दाबीलाई सम्बन्धित निकायले बेवास्ता गरेको दोहोर्‍याउँदै आएका छन् ।

  • कमेन्ट गर्नुहोस्