• ईन्धन मुल्य वृद्धिका कारण हङकङ बाहिर हुने उडान सेवा महँगो

  • नोभेम्बर १ देखि नयाँ ईन्धन महशुल लागु गरिएपछि एयरलाइन्सले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट देशबाहिर जाने यात्रुबाट १ हजार ६ सय २४ हङकङ डलरसम्म बढी शुल्क लिईरहेका छन् ।

    पोस्टले गरेको टिकट मुल्यहरुको एउटा समिक्षामा तेलको लागत वृद्धि समायोजन गर्न शहर बाहिरको उडान सेवा सञ्चालन गर्ने झण्डै आधा एयरलाइन्सले उडान शुल्कमा नयाँ महशुल जोडेको खुलेको छ । उड्डयन उद्योग नियामक संस्था सिभिल एभियसन डिपार्टमेन्टले सम्बन्धित निकायको अनुमति नलिई ईन्धनको मुल्यवृद्धिलाई सेवा शुल्कमा चाहे अनुसार समायोजन गर्ने छुट एयरलाइन्सहरुलाई दिईने सेप्टेम्बरको अन्त्यतिर घोषणा गरेको थियो ।

    पोस्टले हङकङ बाहिर उडान भर्ने सबै ८४ यात्रुवाहक एयरलाइन्सको सेवा शुल्क समिक्षा गरेको थियो । जसमध्ये ३६ वटाले थप शुल्क जोडेको र ३६ ले नजोडेको वा जोड्ने निर्णय नगरेको तथा १२ एयरलाइन्सले टिकट मुल्यमा सेवा मुल्यको वर्गीकरण नगरेको पाईएको छ ।

    गरुड ईन्डोनेशियाको टिकट मुल्य सबैभन्दा उच्च छ । टिकट मुल्यमा कम्पनीले १ हजार ६ सय २४ हङकङ डलर थप गरेको छ । ‘रिटर्न ट्रिप’ का लागी सामान्यतया १ हजार ३ सय ४ हङकङ डलर लिने गरिएको बुझिएको छ । क्याथे प्यासेफिक र क्याथे ड्रागन लगायत १० एयरलाइन्सले मध्यम र लामी दुरीको यात्रामा मुल्य बढाएका छन् । ‘वान-स्टप ट्रान्जिट’ उडान सेवा उपलब्ध गराउने विदेशी कम्पनीहरुले पनि शुल्क बढाएको पाईएको छ ।

    वृद्धि भएको मुल्यबारे सबैभन्दा पहिले जानकारी गराउने कम्पनीमध्ये क्याथे पनि एक हो । कम्पनीले प्रति उडान ६ सय ५२ हङकङ डलर वृद्धि गर्को छ । फलस्वरुप रिटर्न ट्रिपको टिकट महशुल १ हजार ३ सय ४ हङकङ डलर पुगेको छ । लन्डन-हङकङ-सिड्नीको “राउन्ड-ट्रिप” गर्न चाहने यात्रुले अब २ हजार ६ सय हङकङ डलरभन्दा बढी टिकट शुल्क बुझाउनु पर्नेछ ।

    तर, अन्य थुप्रै प्रमुख एयरलाइन्सले हालसम्म शुल्क वृद्धि नगरेकोले, यात्रु वर्गले सस्तो टिकटको खोजी गर्नसक्छन् । उद्योगका जानकारहरुका अनुसार केही कम्पनीहरुले प्रतिस्पर्धीको प्रतिक्रिया पर्खिरहेका छन् । अधिमुल्य थप नगरेका एयरलाइन्समध्ये ब्रिटिश एयरवेज, कतार एयरवेज, फिनएयर, कान्तास, युनाईटेड एयरलाइन्स, लुफ्थान्सा र सिंगापुर एयरलाइन्स रहेका छन् ।

    हाल कच्चा तेलको लागत मुल्य प्रति ब्यारेल ७२ अमेरिकी डलर छ । अगष्ट यताकै यो सबैभन्दा न्युन मुल्य हो । अक्टोबरको प्रारम्भमा मुल्य वृद्धि भई ८६ अमेरिकी डलर पुगेको थियो । यसले अस्थिर ईन्धन मुल्यमा सञ्चालित एयरलाइन्सका लागी चुनौती निम्त्याएको थियो । जेट ईन्धन एउटा यात्रुवाहकका लागी सबैभन्दा धेरै लागत हो । यसले एयरलाइन्सको कुल ३० प्रतिशतसम्म खर्चभार बोक्दछ । मुल्यको चरम अस्थिरता समाधान गर्न एयरलाइनले आफ्नो ईन्धनको आवश्यकताको केही प्रतिशत अग्रिम रुपमा वर्षौदेखि सुरक्षित राख्ने गर्दछ ।

    एशियाकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एउटा हङकङमा छ । सन् २०१७ मा यसले ७ करोड ३० लाख यात्रुलाई सेवा पुर्‍याएको छ । यसका लागी ८४ वटा यात्रुवाहक एयरलाइन्सले १ सय ४८ वटा गन्तव्यहरुमा उडान भर्दछन् ।

    पहिलो अवसरमै कुल टिकट मुल्य नदेखाउने केही एयरलाइन्स अझै छन् । यद्यपि, यसमा आवश्यक परिवर्तन ल्याउन उड्डयन नियामकले यात्रुवाहक एयरलाइन्सलाई ६ महिने समय दिएको छ । तीमध्ये एयर चाईना र जापान एयरलाइन्सले परिवर्तन कार्यान्वय गर्न बाँकी नै छ । त्यसैगरी, हङकङ एयरलाइन्सले संकलन गर्ने कर र शुल्कलाई वर्गीकरण गरेको छैन ।

    जम्मा, २१ एयरलाइन्सले मात्रै लामो दुरीको गन्तव्यक लागी अधिमुल्य कार्यान्वयन गरेका छन् र २० कम्पनीले एशियाली रुटका लागी एउटा शुल्क कार्यान्वयन गरेका छन् । एशियाको रुटमा तिव्र प्रतिस्पर्धासँगै, लामो दुरीका लागी सेवा शुल्क वृद्धि गरेका एयरलाइन्स सबैले भने छोटो दुरीको रुटको सेवा शुल्क वृद्धि गरेका छैनन् । सामान्यतया यो शुल्क रोयल जोर्डनियनको ४० हङकङ डलर र जापान एयरलाइन्सको ४ सय ६८ हङकङ डलरबीच रहेको छ । उल्लेखनीय कुरा त के छ भने, हङकङमा सञ्चालित १७ वटा “नो-फ्रिल्स एयरलाइन्स” मध्ये तीनले मात्रै ईन्धन अधिशुल्क लागु गरेका छन् ।

    पोस्टलाई बताईए अनुसारकेही एयरलाइन्स भने यात्रुवाहक विमान सेवा कम्पनीलाई चाहे अनुसारको शुल्क उठाउन दिनु राम्रो कदम नभएको सोंच्छन् र सम्बन्धित नियामक संस्थाले अधिकतम मुल्य सीमा तोकेको चाहन्छन् ।

    ईन्धन अधिमुल्यबारे अघिल्ला सार्वजनिक अभिव्यक्ति दोहोर्‍याउँदै सिभिल एभिएसन डिपार्टमेन्टकी एक प्रवक्ताले भनिन्,”ईन्धनको अधिमुल्यमा लेभी लगाउने वा नलगाउनेबारे एयरलाइन्सलाई आफ्नै व्यावसायिक निर्णय गर्न दिनुपर्छ । ग्राहकको सुसूचित निर्णयलाई सहजीकरण गर्न प्रतिस्पर्धालाई प्रोत्साहन दिनु र प्रदर्शित मुल्यमा पारदर्शीता सुनिश्चत गर्नु नै मुख्य कुरा हो ।”

    ईन्धन अधिमुल्यको मुल्य कुनै एयरलाइनले तय गरे, यसले बजारको अवस्था, ईन्धनको अवस्था, र वृद्धिका लागी लक्षित बजार लगायत विविध मुद्दाहरुको मुल्याङ्कन गर्नुपर्ने कन्ज्युमर काउन्सिलका कार्यकारी प्रमुख गिल्ली वोङ फुङ-हानले  बताईन् ।

    “यसको सुन्दरता के हो भने, तुलना गर्नलाई थोरै एयरलाइन्स भए ग्राहकलाई ठूलो सहुलियत र लाभ मिल्नेछ,” उनले भनिन्,”केहीले ईन्धनको अधिमुल्य जोड्दैनन्, त्यसैले तुलनामा गर्न एकदमै सजिलो हुन्छ, र जब बजार चाँडो परिवर्तन हुन्छ, ग्राहकहरुले सजिलै सस्तो टिकट पाउन सक्नेछन् ।” “यदि कुनै एयरलाइनलाई धेरै ग्राहक चाहिए, उनीहरुले चाँडोभन्दा चाँडो ईन्धन अधिमुल्य घटाउन सक्छन् । यसले उद्योगलाई प्रतिस्पर्धा गर्न र ग्राहकलाई पैसाको मुल्य पाउन अझ धेरै अवसर प्रदान गर्नेछ ।”

  • कमेन्ट गर्नुहोस्