• ग्रेस लाउ : वर्ल्ड कराँते च्याम्पियनशीपमा मेडल जित्ने हङकङकी प्रथम खेलाडी

  • वर्ल्ड कराँते च्याम्पियनशीप अन्तर्गत शनिबार माद्रिदमा भएको प्रतिस्पर्धामा कास्य पदक जितेर ग्रेस लाउ मो-श्योङ च्याम्पियनशीपमा पदक जित्ने पहिलो हङकङेली बनेकी छिन् । यो जितसँगै लाउ ओलम्पिकमा पनि पदक जित्ने यात्रामा अघि बढेकी छिन् ।

    महिला काता अन्तर्गत तेश्रो स्थानको लागी भएको शनिबारको उक्त खेलमा २७ वर्षिया लाउले डोमिनिकन रिपब्लिककी मारिया दिमित्रोभालाई ४-१ ले पराजित गरिन् । हङकङ स्पोर्ट्स ईन्स्टिच्युटकी २७ वर्षिया छात्रवृत्तिप्राप्त खेलाडी लाउ र हङकङ, दुवैका लागी यो नै हालसम्मको सबैभन्दा ठूलो उपलब्धी हो ।

    स्पेनको राजधानी माद्रिदस्थित विसिन्क स्पोर्ट्स सेन्टरमा लाउ ५-० को जित लिएर सेमी-फाईनलसम्म पुगेकी थिईन् । आयोजक राष्ट्रकी सान्द्रा साञ्चेजसँग भएको सेमी-फाईनलमा उनी ५-० ले पराजित भईन् । फाईनल खेलमा जापानकी डिफेन्डिङ च्याम्पियन तथा विश्व नम्बर एक कियु शिमिजीलाई ३-२ अंकले पराजित गर्दै साञ्चेज विश्व विजेता बनिन् । शिमिजी सन् २०१८ को एशियन गेम्स च्याम्पियन पनि हुन् । लाउले एशियन गेम्समा हङकङका लागी कास्य पदक पनि  जितेकी छिन् ।

    कुनै पनि खेलाडीका लागी ओलम्पिक्समा पदक जित्नु नै सबैभन्दा ठूलो सपना हुने उल्लेख गर्दै एशियन गेम्सपछि २०२० को टोकियो गेम्स आफ्नो सबैभन्दा ठूलो लक्ष्य हुने लाउले बताएकी थिईन् । जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिक्समा पहिलो पटक कराँते पनि समावेश हुँदैछ ।

    उत्कृष्ट १० खेलाडीले मात्रै महिला काता लागायत कराँतेका प्रत्येक ८ प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । अप्रिल २०२० सम्म ओलम्पिक्स वरियताका चार शीर्ष खेलाडी सहित कन्टिनेन्टल च्याम्पियनशीपबाट दुई र आयोजक राष्ट्रबाट एक गरी अन्य तीन खेलाडी क्वालिफाइङ टुर्नामेन्टबाट सन् २०२० मा छनोट हुनेछन् ।

    हाल वरियताक्रममा चौथो स्थानमा रहेकी लाउलाई माद्रिदमा पाएको जितले ओलम्पिक्स वरियतामा उल्लेखनीय स्थान दिनेछ । उनले अन्तिम आठमा ईजिप्टकी साराह सईदलाई पराजित गरेकी थिईन् । सईद वरियताक्रममा लाउभन्दा एक स्थान अघि छिन् ।

    २०१८ वर्ल्ड कराँते च्याम्पियनशीप टोकियो गेम्स अघि आयोजना भएको अन्तिम विश्वस्तरीय प्रतियोगिता हो र ओलम्पिक्समा छनोट हुन प्रतियोगिताले खेलाडीहरुलाई अधिकतम अंक पनि दिएको छ ।

  • कमेन्ट गर्नुहोस्