• बोटोक्स घटनामा प्लास्टिक सर्जन प्रक्राउ

  • बोटोक्स सुईं लगाएपछि ज्यान गुमाएकी महिलाको घटना अनुसन्धानको क्रममा एक प्लास्टिक सर्जन पक्राउ परेका छन् । यस अघि पनि अर्का एक बिरामीको मृत्यु भएको घटनामा उनी पाँच महिना निलम्बनमा परेको खुलेको छ ।

    सन् २००३ मा लिपोसक्सन गर्दा बिरामीको मृत्यु भएपछि पाँच महिना निलम्बित ८६ वर्षिय डा.फ्र्याङ्क्लिन ली वाङ-पोलाई सोमबार हिरासतमा लिईएको छ । उनीमाथि खतरनाक औपधीको प्रयोग सम्बन्धी नियम उल्लंघन गरेको आरोप छ ।

    गत आईतबार साँझ करिब ५ बजेतिर चीम चा चुईस्थित ग्रान्ड सेन्टरको एउटा ब्युटी सैलुनका कर्मचारीले च्योङ नाम गरेकी ५२ वर्षिय महिला बेहोश भएको जानकारी दिए । उनलाई गम्भिर अवस्थामा क्विन एलिजाबेथ अस्पताल पठाईएको थियो र सोमबार बिहान करिब पौनै दश बजे उनलाई मृत घोषणा गरिएको थियो । एक प्रहरी श्रोतले बताए अनुसार उनको बंगरा, चिउँडो र आँखीभौभन्दा माथि बोटोक्स सुई लगाईएको थियो ।

    विषाक्त बोटोक्स सम्बन्धी यही महिना घटेको यो तेश्रो घटना हो ।

    श्रोतका अनुसार लीले शुरुमा, दम जचाउनलाई बिना कुनै ‘अपोइन्टमेन्ट’ च्योङ क्लिनिकमा आएकी र औषधी सेवन गरेपछि बेहोश भएकी बताएका थिए । तर सोधपुछका क्रममा बेग्लै विवरण दिएका थिए ।

    “त्यसपछि उनी बोटोक्स सुईं लगाउन आएको र सुईं लगाएपछि अकस्मात बेहोश भएको उनले स्वीकार गरे,” श्रोतले भने । प्राथमिक उपचारले उनको स्वास्थ्यमा केही प्रगती नल्याएपछि उनलाई अस्पताल दौडाईएको पनि श्रोतले बताए ।

    पक्राउ परेपछि चिकित्सक वकिलको साथमा मौन रहेको पोस्टले जानकारी पाएको छ ।

    “मेडिकल रेकर्ड अनुसार उनी वास्तवमै दमको रोगी थिईन् । उनी दम वा बोटोक्स सुईं , के कारणले बेहोश भएकी थिईन् हामी त्यस्को अनुसन्धान गरिरहेका छौं,” श्रोतले भने ।

    सन् २००३ मा, लीले ७० वर्षिय पियानो शिक्षक लाम किङ फोङको लिपोसक्सन गरेका थिए । प्रकृयाकै क्रममा चीम चा चुईस्थित लीको क्लिनिकमा अचेत भएका लामको केही समयपछि मृत्यु भएको थियो । पोस्टमार्टममा उनको मृत्यु दुर्घटना भएको निष्कर्ष निकालिएको थियो । सन् २००९ मा खराब पेशागत आचरण अभ्यास गरेको भन्दै स्थानीय चिकित्सकहरुलाई नियमन गर्ने स्वतन्त्र निकाय मेडिकल काउन्सिलले लीलाई पाँच महिनासम्म निलम्बन गरेको थियो ।

  • कमेन्ट गर्नुहोस्