• जाइजा क्रुज बकानीको प्रवासी कामदार सम्बन्धी फोटो प्रदर्शनी हुने

  • जाइजा क्रुज बकानी आफ्नो एकल फोटो प्रदर्शनी लिएर चाँडै हङकङ आउने भएकी छिन् । बकानीले हङकङमा वर्षौंसम्म घरेलु कामदारका रुपमा काम गरेकी छिन् । शहरको सामाजिक मुद्दा सम्बन्धी छलफल प्रवर्द्धन गर्ने नीजि परोपकारी संस्था डब्ल्युवाईएनजी फाउन्डेसनको आयोजनामा हुने उक्त फोटो प्रदर्शनीमा एउटा फोटो पुस्तक पनि सार्वजनिक गरिनेछ ।

    सन् २०१५ मा म्याग्नम फाउन्डेसनको ह्युमन राईट्स फेलोसिपबाट सम्मानित भएपछि बकानीको लोकप्रियता एकाएक बढ्यो । हाल ३१ वर्ष पुगेकी बकानीले आईतबार विदाको दिन तस्बिर खिच्ने गर्थिन् । त्यसयता उनले एशिया र अन्य देशमा कार्यरत विदेशी घरेलु कामदारको कठिन अवस्थामा केन्द्रित हुँदै आफूलाई व्यावसायिक डकुमेन्ट्री फोटोग्राफरको रुपमा विकास गरिरहेकी छिन् । उनी हाल आफ्नो देश फिलिपिन्समा शिक्षा सम्बन्धी एउटा श्रृंखला निर्माण गर्न व्यस्त छिन् ।

    फोटो प्रदर्शनी, सन् २०१६-१७ मा डब्ल्युएमए कमिशनमा संलग्न हुदाँ उनले सिर्जना गरेको एउटा श्रृंखलामा आधारित हुनेछ । यो श्रृंखला प्रवासी कामदारको कथा सुनाउने यस्तो व्यक्तिको प्रयास हो जो आफैं पनि हङकङको दोश्रो पुस्ताको घरेलु कामदार हुन् ।

    वी आर लाईक एयर शीर्षकको उक्त प्रदर्शनी तथा पुस्तकले प्राय: अप्ठ्यारो परिस्थितीमा देश र परिवारबाट टाढा बसेर काम गर्ने प्रवासी कामदारहरु शहरका लागी अदृश्य तर महत्वपूर्ण भएको तथ्यलाई उद्धृत गर्दछ ।  हङकङ आर्ट्स सेन्टरमा हुने उक्त प्रदर्शनीमा क्यान्टोनिज, अंग्रेजी, तागालोग र ईन्डोनेशियाली बहासा अनुवाद सेवा पनि उपलब्ध हुनेछ ।

    घरेलु कामदारहरुले हङकङमा स्थापना गरेको गुहित कुले नामक कला समूहले डिसेम्बर २ आईतबार दिउँसो २ देखि ५ बजेसम्म एउटा आर्ट जाम सेसन आयोजना गर्नेछ । डिसेम्बर ९ आईतबार हङकङमा फिलिपिनो डायस्पोराको केन्द्र – सेन्ट्रलस्थित वर्ल्डवाईड हाउस अगाडिको न्युजपेपेर स्ट्यान्डमा बकानीले बिहान साढे ११ बजेदेखि पुस्तकमा हस्ताक्षर गर्नेछिन् ।

    जाइजा क्रुज बकानी : वी आर लाईक एयर, एक्सपेरिमेन्टल ग्यालरी, ३/एफ हङकङ आर्ट्स सेन्टर, २ हार्बर रोड, वान चाई, सोमबार-आईतबार, डिसेम्बर १-२०, २०१८

  • कमेन्ट गर्नुहोस्