• सामाजिक भत्ता पाउने परिवारका १० मध्ये ९ बालबालिकाको आधारभूत आवश्यकता पनि पुरा हुँदैन

  • प्राथमिक विद्यालय अध्ययनत सामाजिक भत्ता पाउने परिवारका १० मध्ये ९ बालबालिकाको आधारभूत आवश्यकता पूरा नहुने तथ्य पत्ता लागेको छ ।

    सोसाईटी फर कम्युनिटी अर्गनाईजेसनले गत वर्षको जुलाईदेखि यो वर्षको सेप्टेम्बरसम्म कम्प्रिहेन्सिभ सोसल सेक्युरिटी असिस्टेन्स (सीएसएसए) लिदैं आएका परिवारका ४ सय ५७ जना बालबालिकामाथि गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । सहभागीमध्ये ८९.५ प्रतिशतले पर्याप्त खाना, पैसा वा घरायसी सुविधाको अभाव झेलिरहेको सर्वेक्षणले देखाएको छ । करिब ७६ प्रतिशत विद्यालयपछिको कक्षामा (आफ्टर-स्कुल ट्युटोरियल) सहभागी हुन सक्दैनन् । झण्डै यही अनुपातका बालबालिकासँग विद्यालयको पर्याप्त पोशाक छैन र ५८ प्रतिशतले जाडोमा लगाउने न्यानो कपडाको अभाव भएको बताएका छन् ।

    “सीएसएसएले सुरक्षा जालको काम गर्दैन । सीएसएसए प्रापकका बालबालिकाबीच अत्यधिक अभाव रहेको हामीले पायौं,” सोसाईटीकी कम्युनिटी अर्गनाईजर से लाई–शानलले बताईन् । उक्त गैरसरकारी संस्थाले बालबालिका भएका कामकाजी परिवार र हङकङेलीका लागी सीएसएसए सहुलियत वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् ।

    “परिवारले मासिक औसत तीन हजार हङकङ डलर पाएको हामी देख्छौं तर उनीहरु अझै पनि अभावमा छन्,” सेले भनिन्,“उनीहरुसँग आफ्नो आधारभूत आवश्यकताको लागी समेत पर्याप्त पैसा छैन‚ त्यसैले गुजारा चलाउनलाई उनीहरु खाना र कपडाको खर्च कटौती गर्छन् ।”

    बालबालिकाको संख्याको आधारमा परिवारहरुले हाल सीएसएसए वापत मासिक १ हजार ९ सय ६० देखि २ हजार ४ सय ४५ हङकङ डलरसम्म सामाजिक भत्ता बुझिरहेका छन् । घरका सदस्यले काम गर्ने समयावधीको आधारमा कामकाजी परिवारले पनि मासिक ४ सयदेखि १ हजार ३ सय हङकङ डलरसम्म पारिवारिक भत्ता पाउने गरेका छन् ।

    सोसाईटीले वृद्धि गर्नुपर्ने रकमको हिसाब निकालेको छैन । तर हङकङका एक करोड बालबालिकामध्ये २ लाख ३० हजार ४ सय गरिबीको रेखामुनि र २ लाख ६ हजार २ सय ८ अभावको अवस्थामा बाँचिरहेको सोसाईटीको अनुमान छ । मंगलबार पर्ने विश्व बाल दिवस अगावै सोसाईटीले सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

    संस्थाले अध्ययन प्रतिवेदन सरकारलाई बुझाउने र कार्यकारी प्रमुख, मुख्य सचिवका साथै कमिशन अन पोभर्टी र कमिनशन अन चिल्ड्रेनसँग बैठकका लागी अनुरोध गर्ने सेले बताएकी छिन् । अध्ययनको निष्कर्ष सार्वजनिक गर्न आईतबार आयोजित एउटा कार्यक्रममा सहभागी चार जना बाल वक्ताले उनीहरुको विद्यालयले सञ्चालन गरेको विद्यालय समयपछिको ट्युशन कक्षामा सहभागी हुनलाई उनीहरुसँग पैसा नभएको बताए । यस्ता कक्षाहरुले उनीहरुको अध्ययनमा हुने कठिनाई समाधान गर्न सहयोग गर्दछ ।

    परिवारले थप खानाको खर्च भार थाम्न नसक्ने भएकाले खाना खाएपछि भोक लागे पनि आमाबाबुलाई थाहा नदिने उनीहरुले बताए । एक बालिकाले दिनमा दुई छाक मात्रै खाने गरेको बताईन् ।

    “म नाच्न चाहन्छु तर कक्षाहरु साह्रै महँगा छन्,” अर्कीले भनिन् ।

    सरकारले सीएसएसएको वृहत समीक्षा र सहुलियतहरुको नियमित मुल्याङ्कन गर्नुपर्ने अर्का कम्युनिटी अर्गनाईजर वोङ ची-युएनले बताए ।

  • कमेन्ट गर्नुहोस्