ज्याकी च्यानकी छोरीले प्रेमिकासँग विवाह गरिन्
एभरेष्टखबर
November 26, 2018
ज्याकी च्यानकी १९ वर्षिया छोरी एत्ता उङ चोक लामले ३१ वर्षिया प्रेमिका तथा क्यानडाकी ईन्टरनेट सेलेब्रिटी एन्डी अटमसँग विवाह गरेकी छिन् ।
उङले विवाह दर्ता प्रमाणपत्र समातेर सेतो पहिरन लगाएको तस्बिरलाई आफ्नो ईन्स्टाग्राम मार्फत् सार्वजनिक गरेकी छिन् । तस्बिरमा देखिएको विवाह दर्ता प्रमाणपत्रमा नोभेम्बर ९, २०१८ को मिति उल्लेख गरिएको छ । फोटोमुनि उङले यस्तो लेखेकी छिन् : “हाम्रो विवाहको दिनमा, प्रेम र कानुनबाट एकाकार” ।
“हामी सबैले दुख भोगेका छौं तर यदि तपाईंले प्रेमको सपना देख्न सक्नुहुन्छ भने, तपाईंले त्यो पाउनुहुनेछ । प्रेम दयालु हुन्छ, यसले कसैलाई तौलिदैंन । प्रेम शक्ति र कमजोरी दुवै हो । प्रेमले परिवर्तन ल्याउन सक्छ । प्रेमले जित्छ !”
धेरै ईन्टरनेट प्रयोगकर्ताले उनीहरूलाई ईन्स्टाग्राम र वेईबो -ट्विटरजस्तै चीनको सामाजिक सञ्जाल- मार्फत शुभकामना दिएका छन् ।
उङ ज्याकी च्यान र पूर्व मिस एसिया ईलेन उङ यी लेईकी सन्तान हुन् । च्यान र ईलेनले विवाह नगरे पनि च्यानसँगको सम्बन्धबाट आफु गर्भवती भएको उनले सन् १९९९ मा सार्वजनिक गरेकी थिईन् ।
उङ र अटमले सन् २०१७ देखि डेटिङ गरिरहेका छन् । सोही वर्षको अक्टोबरदेखि दुवै जना क्यानडा बस्न थाले, तर उनीहरूको सम्बन्धलाई अटमका आमाबाबुले स्वीकारेनन् । सहयोगको अपिल गर्दै अप्रिलमा सार्वजनिक गरिएको उङको भिडियो भाईरल भयो । सो भिडियोमा उङ र अटम घरबारविहीन हुन लागेको बताउँदै त्यसो हुनुमा ”होमोफोबिक“अर्थात् समलिंगी व्यक्तिप्रति पूर्वाग्रही आमबाबुको दोष भएको उङले बताएकी थिईन् ।
उङको दाबीलाई उनकी आमा ईलेन उङले निन्दा गरिन् ।
”पैसा छैन भने, उनीहरूले काम खोज्नुपर्छ । पैसा नभएको र एत्ताको बुवा को हुन् भनेर उनीहरूले भिडियो बनाउनु हुँदैन । संसारभरीका मानिस कडा मेहनत गर्छन् र पैसाका लागि अरू कसैको ख्यातिमा भर पर्दैनन्,“ कोकोनट्स नामक वेबसाईटले ईलेन उङलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको थियो ।
कमेन्ट गर्नुहोस्

















