• गरिबीमुक्त हुन संगीतको सहारा

  • पच्चिस सय वर्ष पुरानो ईतिहास बोकेको प्राचीन चीनियाँ बाजा गुजेङका तारहरुमा १७ वर्षिया भिक्की लो युएत–शानले कुशलतापूर्वक औंला चलाउँदा निस्कने सुमधुर धुनले बितेको युगमा कुनै शाही दरबारमा भएको कार्यक्रमको झल्को दिन्छ ।

    तर वास्तविकता भने अर्कै छ । तीन जना बस्ने एउटा सब–डिभाईडेड फ्ल्याटमा लो अभ्यास गर्छिन् जहाँ उनको बाजा मुश्किलले अटाउँछ । संगीत समाजको उपल्लो वर्गको आनन्दका लागि मात्रै होईन भनेर उनी पुष्टि गर्न चाहन्छिन् ।

    एउटा गरिब परिवारमा जन्मिएकी लो, शहरको विपन्न डिस्ट्रिक्ट शाम शुई पोको १ सय ३० वर्ग फुट क्षेत्रफल भएको घरमा वर्षाैंसम्म बसिन् । उनको बुवा उच्च–रक्तचाप र खुट्टाको दुखाईबाट पीडित थिए । आमाको बनिबुतोले उनीहरुको परिवारको गुजारा मुश्किलले चल्थ्यो ।

    विभिन्न कठिनाईका बावजुद, लोका आमाबाबुले उनको सांगीतिक सपनालाई साथ दिए । उनी नौ वर्षदेखि नै गुजेङसँग परिचित भईन् । बाजा सिक्नलाई मासिक आठ सय हङकङ डलर लाग्थ्यो । यही सीपका कारण एउटा प्रतिष्ठित माध्यमिक विद्यालयमा लोले प्रवेश पाउँछिन् कि भन्ने आशामा उनको परिवारले सक्दो मेहनत ग¥यो ।

    “मेरो गुजेङ कक्षाका लागि पैसा बचाउन हामीले कहिलेकाहीं बिहानको नास्ता पनि खादैन थियांै,” लो भन्छिन्,“मुश्किलले बाजा अटाउने हाम्रो कोठामा म अभ्यास गर्ने गर्थें ।”
    भाग्यवश, उनले सोसाईटी फर कम्युनिटी अर्गनाईजेसन (एसओसीओ) बाट सात वर्षका लागि कुल ७० हजार हङकङ डलर सहायता पाईन् ।

    आगामी महिना लोले संस्थाको पहिलो कन्सर्टमा आफ्नो कला प्रस्तुत गर्नेछिन् । कार्यक्रमले गरिब बालबालिकाका लागि सहयोग रकम संकलन गर्ने लक्ष्य लिएको छ । संस्थाले सन् २०११ देखि करिब चार सय बालबालिकालाई झण्डै ३० लाख हङकङ डलर सहयोग गरिसकेको छ ।

    हङकङमा गरिबीको रेखामुनि रहेका २ लाख ३४ हजार बालबालिकामध्ये लो पनि एक हुन् । सरकारले अघिल्लो महिना सार्वजनिक गरेको पोभर्टी सिचुएसन रिपोर्ट २०१७ अनुसार सन् २०१६ को तुलनामा बाल गरिबी दर १ प्रतिशतले वृद्धि भई २३.१ प्रतिशत पुगेको छ ।

    संस्थाका कम्युनिटी अर्गनाईजर से लार्ई शानले यी बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनसक्ने बताए । शहरका शीर्ष विद्यालयहरुको भर्ना प्रक्रियामा सांगीतिक प्रतिभा भएका विद्यार्थीलाई प्राथमिकता दिने गरिन्छ । गरिब परिवारबाट आएका बालबालिकाहरु प्रायः भर्ना हुँदैनन् ।

    कन्सर्टमा कला प्रस्तुत गर्ने अर्का प्रतिभा म्याथ्यु चोई मान–फाई निर्माण क्षेत्रमा काम गर्ने आमाबाबुका सन्तान हुन् । उनी ११ वर्ष पुग्दा, आमाबाबुको सम्बन्ध विच्छेद भयो । लगत्तै कलेजोको क्यान्सरका कारण उनको बुवाको मृत्यु भयो भने आमा डिप्रेसनको शिकार भईन् ।

    असहाय र आत्मग्लानीका कारण राहत र भावनात्मक सहयोगका लागि चोईले संगीतको सहारा लिए । उनले ईन्टरनेटबाटै पियानो र गिटार बजाउन सिके । एजुकेशन युनिभर्सिटीमा दोश्रो वर्षमा अध्ययनरत २० वर्षिय चोई भाषा विज्ञानका विद्यार्थी हुन् । कुनै दिन आफ्नो एकल कार्यक्रम गर्ने र आवाजविहीन गरिब बालबालिकाहरुका लागि आवाज उठाउने उनले अठोट लिएका छन् ।

    “हङकङमा, गरिब परिवारका बालबालिकाका लागि सम्पन्न परिवारका साथीहरुसँग प्रतिष्पर्धा गर्नु निकै कठिन छ,” उनले भने,“यो कन्सर्ट मार्पmत्, सहयोग गर्ने मनहरु थुप्रै छन् भन्ने थाहा पाएर गरिब बालबालिकाहरु अझ मेहनतले अध्ययन गर्नेछन् भन्ने आशा लिएको छु ।”

    कन्सर्ट जनवरी १० मा हङकङ कल्चरल सेन्टरमा बिहान साढे सात बजे आयोजना हुँदैछ । कार्यक्रममा सय जना युवा प्रतिभाले आ–आफ्नो प्रस्तुती दिनेछन् । उनीहरुमध्ये ५० जनालाई सोसाईटी फर कम्युनिटी अर्गनाईजेसनले आर्थिक सहयोग गरेको छ ।

  • कमेन्ट गर्नुहोस्