• क्यारी लामको प्रश्नोत्तर सत्रमा विवाद, तीन प्रो-डेमेक्रेसी विधायक निलम्बित

  • विरोध प्रदर्शन गर्ने तीन विधायकको निलम्बनसँगै व्यवस्थापिका परिषद्को प्रश्नोत्तर सत्र बुधबार विवादबीच टुंगिएको छ।

    कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरले जनवरीदेखि आयोजना गर्न शुरू गरेको ३० मिनेटको प्रश्नोत्रर सत्र अकस्मात रोकिएको यो पहिलो घटना हो।लामले कार्यभार सम्हालेदेखि बसेको यो नवौं बैठक बिहान ११ देखि ११:३० बजेसम्म सञ्चालन हुने अपेक्षा गरिएको थियो।

    सत्र शुरू हुनुअघि नै, एड्डी चु होई-डिक लगायत १० जना प्रो-डेमोक्रेसी विधायकहरूले “निर्वाचनमा सरकारी नियन्त्रण” को विरोध जनाउँदै एउटा ब्यानरसहित कार्यकारी प्रमुखलाई च्याम्बर बाहिर स्वागत गरेका थिए।

    आईतबार, निष्ठाको सवालका कारण निर्वाचनमा उम्मेदवारी दिन अयोग्य घोषित हुने चु १०औं व्यक्ति बने। विधायक चुले हङकङलाई चीनबाट छुटाउने सम्भावनाप्रति “पूर्ण” समर्थन जनाएको पदमुक्त अधिकारीले आरोप लगाएपछि उनलाई एउटा ग्रामिण प्रतिनिधीको निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक लगाईएको थियो ।

    लाम हिड्दै गर्दा विधायकहरूले “राजनीतिक निषेध।लज्जास्पद।” नारा लगाएका  थिए। प्यान-डेमोक्रयाटहरूले लामलाई च्याम्बरसम्म पछ्याएका थिए।केहीले नारा लगाईरहेका थिए।

    व्यवस्थापिका परिषद्का अध्यक्ष एन्ड्रयु ल्योङ क्वान-युएनले तत्कालै चु, र नारा लगाईरहेका क्लाउडिया मो मान-चिङ र रेमन्ड च्यान ची-चुएनलाई च्याम्बरबाट बाहिर जान निर्देशन दिए।

    यसले प्रो-डेमोक्रेसी क्याम्प हंगामा मच्चियो।तीन जनालाई निलम्बन गर्नुअघि ल्योङले पर्याप्त चेतावनी नदिएको विधायकहरूले तर्क गरे। बाहिर जान अस्विकार गरेका ती तीन जना विधायकहरूलाई प्यान-डेमोक्रयाटहरूले घेरेर राखे।

    ल्योङले १५ मिनेटका लागि बैठक स्थगित गरे।सत्र सुचारू भएपछि लाम फर्किईन्, तर प्रो-डेमोक्रेसी क्याम्पले च्याम्बरमा नाराबाजी गरिरहे।बिहान ११ बजेर २५ मिनेटमा व्यवस्थापिका परिषद्का अध्यक्षले बैठक सकिएको घोषणा गरे।

    “यो अत्यन्तै हास्यास्पद छ।ल्योङले हामीलाई निलम्बन गर्दा म भित्र छिरेकी मात्रै थिएँ,” मोले भनिन्।“उनीहरू व्यवस्थापिका परिषद्लाई एउटा रबर छाप निकाय बनाउन चाहन्छन् र हामीलाई हात उठाउने मेसिन बनाउन चाहन्छन्।”

    कार्यकारी प्रमुखसँग जीविकोपार्जन सम्बन्धि मुद्दाबारे छलफल गर्ने बहुमुल्य अवसर खेर फालेको भन्दै संस्थापन क्याम्पले प्यान-डेमोक्रयाटको आलोचना गरेको छ।

    फेडेरेसन अफ ट्रेड युनियन्सका एक्जिक्युटिभ काउन्सिलर वोङ क्वोक-किनले उनको पार्टीले व्यवस्थापिका परिषद्को नियममा नयाँ परिवर्तनको प्रस्ताव गर्ने बताए।

    “आजको खैलाबैलाले हाम्रो नियमकानुनमा कडाई गर्नुपर्ने आवश्यकता भएको स्पष्ट पारेको छ,” वोङले भने ।

    पछि हङकङ न्युज-एक्स्पोमा बोल्दै लामले प्रश्नोत्तर सत्र रद्द हुनु दुर्भाग्यपूर्ण भएको बताईन्।

    “जुनसुकै हालतमा, म व्यवस्थापिका परिषद्सँग सम्पर्कमा रहनेछु,” कार्यकारी प्रमुखले भनिन्।“अर्को पटक प्रश्नोत्तर सत्र सहज रूपले अघि बढ्नेछ भन्ने आशा गरेकी छु ।”

    भविष्यमा हुने सत्रहरूमा बाधा-अड्चन खेप्नुपर्नेबारे चिन्तित भए-नभएको भन्नेबारे लामले केही बोलिनन् ।

  • कमेन्ट गर्नुहोस्