• रोकिएको स्कूल बस गुड्किएपछि ३ जना ठहरै

  • १० डिसेम्बर । पार्क गरिएको स्कूल बस अकस्मात गुडेपछि भएको दुर्घटनामा परी ३ को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    दुर्घटनापछि सार्वजनिक एक भिडियो अनुसार दिउसो २ बजे नर्थपोइन्टस्थित किङ्स रोड र हेइवो स्ट्रिटको चोकमा पार्क गरेर ड्राइभर निस्कनासाथ बस गुड्किन शुरु भएको देखिन्छ । ढोका ढप्काउनासाथ गुड्किएको बस रोक्न उनले असफल प्रयास गरेका थिए ।

    छेउछाउको मान्छेलाई धक्का लगाउदै अघि बढेको बस एक घरको ढोकामा बजारिएको थियो । सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिर तथा भिडियोमा दुर्घटना स्थलको दृश्य भयावह र विभत्स देखिन्छ । घाइते तथा अन्यको चित्कारले वातावरण कोलाहलमय र त्रासादीपूर्ण बनेको थियो ।

    दुर्घटनाको सम्बन्धमा सरकारी प्रवक्ताका अनुसार घाइतेहरुलाई वानचाइस्थित रोतन्जी र चाइवानस्थित पामेला अस्पताल पठाइएको छ । उनीहरुमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ४ जनाको स्थिति नाजुक रहेको छ । ४ जनाको स्थिति गम्भीर र २ जनाको स्थिर रहेको छ ।

    घटनापछिका दृश्यहरु । तस्बिर श्रोतः सामाजिक सञ्जाल ।

  • कमेन्ट गर्नुहोस्