• एक हजार डलरको नयाँ नोट बजारमा

  • भर्खर जारी गरिएको १ हजारको नयाँ नोटले खासै उत्साहजनक प्रतिक्रिया पाएको देखिएन ।

    नयाँ सुरक्षा ‘फिचर’ सहितको नयाँ नोट लिन बुधबार बिहान मोङ कोकस्थित एचएसबीसी बैंक बाहिर करिब २० जना मात्रै लामबद्ध थिए । तीमध्ये अधिकांश वृद्ध थिए ।

    आफुलाई हुई बताउने ६६ वर्षिय पुरूष बैंक खुल्नु अघि नै सबैभन्दा अघि आईपुगे । उनी लाममा फस्न चाहदैन थिए ।

    “म यस अघि पनि यहाँ पैसा साट्न आएको छु । एक सय डलरजस्ता कम मुल्यका नोट साट्न आउँदा यहाँ धेरै मानिसहरू पर्खिरहेका थिए,” उनले बताए । जम्मा २० हजार हङकङ डलर मुल्यका २० वटा नयाँ नोट साटेका हुईले केही नयाँ नोटहरू आउने चीनियाँ वर्षमा नातीका लागि रातो प्याकेटमा राखिदिने बताए ।

    उमेरले चालीसको दशक पुगेका अर्का एक जना पुरूष लीले २० वर्षदेखि नोट संकलन गरिरहेका छन् । उनले आफ्नो यात्राका क्रममा ७० भन्दा धेरै देशका नोटहरू संकलन गरेका छन् । “हङकङको नोट निस्केकै बेला मैले संकलन गरेको यो पहिलो पटक हो,” उनले बताए । उनी नोटहरू संकलन गरेर लगानी गरिरहेको बताउँछन् । यस्ता नोटहरूको मुल्य वृद्धि भईरहन्छ ।

    जम्मा ९ करोड मुल्य बराबरका एक हजार हङकङ डलरको नयाँ नोटहरू सर्वसाधारणको प्रयोगका लागि बुधबार जारी गरिएको छ । नयाँ नोटहरू एचएसबीसी, स्ट्यान्डर्ड चार्टर्ड बैंक (हङकङ) र बैंक अफ चाईना (हङकङ) शाखाबाट लिन सकिनेछ ।

    नयाँ नोटको डिजाईनले हङकङलाई एउटा अन्तर्राष्ट्रिय वित्तिय केन्द्रको रूपमा चित्रण गरेको छ । तीन बैंकमध्ये निश्चित विषयवस्तुमा आधारित सबैको आफ्नै डिजाईन छ । एचएसबीसीले आफ्नो नोटमा सन् १९३५ देखि बैंकको प्रधान कार्यालय भवन अघि सुरक्षा दिईरहेका सिंहमध्ये एक “स्टिट” लाई प्रस्तुत गरिएको बैंकले बताएको छ । बैंक अफ चाईनाका नोटहरूमा बोहिनिया फुल – हङकङको राष्ट्रिय फुल र बैंकको टावर चित्रित गरिएका छन् । त्यसै गरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिजाईनमा हङकङको जीवन्तताको प्रतिक “लायन रक” चित्रण गरिएको छ ।

    हङकङ मनिटरी अथोरिटीले जानकारी दिए अनुसार पाँच सय हङकङ डलर मुल्यका नयाँ नोटहरू चीनियाँ नयाँ वर्षको दुई साता अघि जनवरी २३ देखि उपलब्ध हुनेछन् ।  सय, पचास र बीसका नयाँ नोटहरू भने सन् २०१९ को मध्यदेखि २०२० को प्रारम्भसम्म उपलब्ध हुनेछन् तर जारी हुने मिति हालसम्म तोकिएको छैन ।

    नक्कली नोटको समस्या न्युनिकरण गर्न अथोरिटीले जुलाईमा आधुनिक सुरक्षा फिचर भएका नयाँ नोटहरूको डिजाईन सार्वजनिक गरेको थियो । नयाँ नोटहरूमा परिष्कृत वाटरमार्क र नोटको मुल्य जनाउने अंकलाई लुकाएर राखिएको छ जसलाई एउटा निश्चित कोणमा ढल्काउँदा मात्रै देख्न सकिन्छ ।

  • कमेन्ट गर्नुहोस्