• ट्रेल दौडमा चीनका यानको वर्चस्व, पूर्णले आफ्नै रेकर्ड तोडे

    नर्थ फेस ५० का विजेता यान लङफेई
  • चीनका यान लङफेईले फेरी अर्को किर्तिमान कायम गरेका छन् । नर्थ फेस ५० दौड ४ घण्टा ४५ मिनेट र ५ सेकेन्डमा पूरा गर्दै यानले उक्त किर्तिमान बनाएका हुन् । ताई मेई तुकमा बनाएको अघिल्लो किर्तिमानभन्दा उनले ४० मिनेट कम समयमै दौड पूरा गरेका हुन् ।

    यानले दुई महिनाभन्दा कम समयमै तेश्रो पटक हङकङ ट्रेल दौडको किर्तिमान बनाएका हुन् । उनले अक्टोबरको अन्त्यतिर  लान्ताउ ७० र नोभेम्बरमा ट्रान्सएनटीमा यस अघिका किर्तिमान तोडेका थिए । फेरी एक पटक, “खासै मेहनत नगरी” उनले दौड जितेका छन् ।

    “यान लङफेई अद्भूत छन् । उनी एक असाधारण खेलाडी हुन्,” नर्थ फेसको प्रायोजन रहेका खेलाडी भ्लाद इक्सेलले भने । उनले उक्त दौड ५ घण्टा २६ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेर दोश्रो उपाधी हात पारेका छन् । “मलाई शुरूदेखि नै दोश्रो स्थानका लागि दौडिरहेको छु भन्ने थाहा थियो ।”

    नर्थ फेस ५० पुरूष दौडतर्फका विजेताहरू

    यान पहिलो पटक नर्थ फेस ५० ट्रेलमा सहभागी भएका हुन् । मनोरम दृश्यहरूको आनन्द लिदैं र हाईकर्सहरूलाई अभिवादन गर्दै उनले दौडको आनन्द लिएको यानले बताए ।

    “म यी दौडहरूलाई अभ्यासका रूपमा लिन्छु,” यानले बताए । उनले १०० को साटो ५० ट्रेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरे किनभने उनी शेन्जेन ईन्टरनेशनल म्याराथनमा आईतबार दौडदैछन् । “हङकङका ट्रेलहरू मैले अहिलेसम्म देखेकामध्ये सबैभन्दा सुन्दर छन् । म यस अघि पनि लान्ताउ र हङकङ ट्रेलमा सहभागी भएको छु तर यो कोर्समा मेरो पहिलो अनुभव हो । मैले एकदमै आनन्द लिएँ ।”

    उनी आगामी महिना भिब्राम हङकङ १०० अल्ट्रामा फर्किने योजनामा छन् । उक्त दौडमा उनले आफ्नो सीमा जाँच्ने वाचा गरेका छन् ।

    ५०के दौडमा दोश्रो स्थानमा आएका भ्लाद ईक्सेल

    “मैले त्यो दौड कठिन हुने अपेक्षा गरेको छु र त्यसका लागि सक्दो मेहनत गर्नेछु,” ३३ वर्षिय यानले बताए । उनलाई सोलोमनले प्रायोजन गरेको छ ।

    ल्योङ यिङ–स्वेतको पनि उस्तै कथा छ । उनले महिलातर्फको ५० ट्रेल ६ घण्टा २६ मिनेट २ मिलिसेकेन्डमा पूरा गरि विजयी भएकी छिन् । उनले पनि शनिबारको दौडलाई “अभ्यास मानेको” बताईन् । हङकङका पूर्व धावक ल्योङ हाल मिजुनोमा कार्यरत छिन् । हङकङको राष्ट्रिय टोलीमा फेरी फर्किन सक्छिन् वा सक्दिनन् भन्ने निर्धारण गर्न उनले डिसेम्बर ३० मा हुने कम्पनीकै दौड प्रतियोगिता मिजुनो हङकङ हाफ म्याराथन च्याम्पियनसिप्समा प्रतिस्पर्धा गर्नेछिन् ।

    मिजुनो हङकङ हाफ म्याराथनका लागि अभ्यास स्वरूप नर्थ फेस दौडमा सहभागी ल्योङ यिङ–स्वेत

    “धावकको रुपमा हङकङको प्रतिनिधित्व गर्ने यो मेरो अन्तिम अवसर हो, त्यसलै आजको यो दौडलाई मैले अभ्यासको रूपमा प्रयोग गरें । म त्यो दौडमा मेरो भएभरको शक्ति लगाउनेछु ।”

    जोईन्ट डाईनामिक्सका धावक रायन व्हिलनले पुरूषतर्फको दौडमा ५ घण्टा ३७ मिनेट ५६ सेकेन्ड समय लगाएर तेश्रो स्थान हासिल गरेका छन् । महिलातर्फको दौड ६ घण्टा ४७ मिनेट ३४ सेकेन्डमा पूरा गरेर एन्जेलिका हान दोश्रो स्थानमा आईन् । व्हिलनकै समूहबाट दौडमा भाग लिएकी एससीएमपीकी मेरी हुईले सञ्चारकर्मीहरूलाई गर्व गर्ने अवसर प्रदान गरेकी छिन् । उनले ६ घण्टा ५७ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेर तेश्रो स्थान प्राप्त गरेकी छिन् ।

    नेपालका पूर्ण तामाङले फिलिपिन्सका जोन “स्टिङरे” ओनिफालाई नर्थफेस १०० अभूतपूर्व अन्तिम प्रतिस्पर्धामा साँघुरो अन्तरले पराजित गरेका छन् । सन् २०१३ मा उक्त कोर्समा किर्तिमान बनाएका तामाङले यसपाली आफ्नै रेकर्ड तोडेका छन् । उनले उक्त दौड ११ घण्टा ५९ मिनेट ५७ सेकेन्डमा पूरा गरेका छन् । ओनिफाले दौड पूरा गर्न १२ घण्टा १७ मिनेट ३४ सेकेन्ड लगाए ।

    नर्थ फेस १०० का विजेता नेपालका पूर्ण तामाङ

    “यो गज्जबको दौड थियो र विजयी हुँदा म धेरै खुशी छु,” तामाङले भने । उनी नेपाली सेनामा दौडका प्रशिक्षक हुन् । “हतार भएकाले एउटा चेकप्वाईन्टमा म हराएँ । त्यसले मेरो पाँच मिनेट समय खेर गयो । तै पनि जोन उत्कृष्ट धावक हुन् र उनले नै मलाई उत्कृष्ट प्रदर्शन गर्न हौस्याए ।”

    अघिल्लो महिना भएको अक्सफाम ट्रेलवकरमा तामाङको समूह दोश्रो स्थानमा आएको थियो । उनी अब विश्रामका लागि तयार छन् । उनी केही महिनामै हङकङ आएर दौडमा भाग लिने योजनामा छन् तर कहिले भन्ने निश्चित छैन ।

    नर्थ फेस १०० मा दौडदैं फिलिपिन्सका जोन “स्टिङरे” ओनिफा

    नर्थफेसले प्रायोजन गरेका स्टिङरे पूर्व माझी हुन् । फिलिपिनो सेनामा भर्ती हुने थुप्रै असफल प्रयासपछि उनी सन् २०१६ देखि पूर्णकालीन ट्रेलधावक बनेका हुन् ।  उनले यसलाई “हालसम्मकै उत्कृष्ट प्रदर्शन” बताउँदै यो वर्ष सफल रहेको बताए ।

    “मैले तामाङसँगको प्रतिस्पर्धाको निकै आनन्द लिएँ,” ओनिफाले भने । उनले दिवंगत आमाका लागि दौडने गरेको बताए । “मेरो उमेर २७ वर्ष मात्रै पुग्दैछ र म अझ बलियो बन्दैछु ।”

    अष्ट्रियाका माईकल स्कोबेर्स्कीले १२ घण्टा ४० मिनेट ३६ सेकेन्ड समय लगाएर तेश्रो स्थान प्राप्त गरेका छन् । उनी पनि यो वर्ष आयोजित अक्सफाम ट्रेलवाकरका सहभागी हुन् ।

  • कमेन्ट गर्नुहोस्