• अब्जर्भेसन व्हिलमा गडबडी, दर्जनौं यात्रु फसे

  • हङकङ बन्दरगाहस्थित रोटे पिङमा आईतबार राती गडबडी हुँदा दर्जनौं यात्रु एक घण्टासम्म फसेका छन् ।

    सञ्चालकले जारी गरेको एक वक्तव्यमा भनिएको छ – “खराब यान्त्रिक पुर्जा फेरिएको छ । सञ्चालन र सुरक्षा परिक्षणका मापदण्डहरू पूरा गरिएका छन् ।”

    आईतबार राती करिब साढे दशबजे एउटा हाइड्रोलिक सिलिन्डरले काम गर्न छाड्यो । यसले केही बेर ढिलाई भयो । पिङको अन्तिम १५ मिनेटको सवारी दौरान पिङका ४२ गन्डोला (यात्रु बस्ने डब्बा) मध्ये आधा जतिमा यात्रु सवार थिए । प्रत्येक गन्डोलामा ८ जना यात्रु बस्न सक्छन् । कर्मचारीको सहयोगमा करिब सवा एघार बजेसम्म सबै यात्रु ६० मीटर अग्लो पिङबाट ओर्लिसकेका थिए ।

    रोटे पिङ सन् २०१४ देखि सञ्चालन भएको हो । पूर्व सञ्चालकको सम्झौता समाप्त भएपछि नयाँ करार गर्नेबारे छलफलका कारण सन् २०१७ मा करिब चार महिनका लागि रोटे पिङ स्थगित गरिएको थियो ।

  • कमेन्ट गर्नुहोस्