• राष्ट्रिय गान सम्बन्धी नयाँ विधेयक प्रस्ताव

    केही फुटबल फ्यानहरूले अन्तर्राष्ट्रिय म्याच अघि मार्च अफ भोल्युन्टियर्सको नियमित खिल्ली उडाउँदै आएका छन् ।
  • चीनको राष्ट्रिय गानको गलत प्रयोग निरूत्साहित गर्न हङकङ सरकारले एउटा विवादास्पद विधेयक प्रस्ताव गरेको छ । प्रस्ताव पारित भए मार्च अफ द भोल्युन्टियर्सलाई व्यावसायिक लाभका लागि प्रयोग गर्ने वा सार्वजनिक रूपमा र नियतवश राष्ट्रिय गानको अपमान गर्ने व्यक्तिलाई ५० हजार हङकङ डलरसम्म जरिवाना र तीन वर्षको जेलसजाय हुनसक्छ ।

    सेक्रेटरी फर कन्स्टिच्युसनल एन्ड मेन्ल्यान्ड अफेयर्स प्याट्रिक निप ताक–क्वेनले राष्ट्रिय गानजस्तै सुनिने गीतलाई प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।

    “राष्ट्रिय गानको गीत वा संगीतमा हेरफेर गर्न हुँदैन किनभने यो राष्ट्रियताको प्रतिक हो,” उनले भने ।

    नियतले पनि उल्लेखनीय भूमिका खेल्दछ । राष्ट्रिय गानको अपमान गर्ने नियतले कसैले गीत वा संगीतमा फेरबदल गरे कानुनको उल्लंघन गरिएको मानिनेछ ।

    वान चाईस्थित गोल्डेन बोहिनिया स्क्वयारमा हङकङ विशेष प्रशासनिक क्षेत्रको २१औं वार्षिकोत्सव मनाउँदै

    राष्ट्रिय गानको अपमान भईरहेको कुनै पनि व्यङ्ग्यलाई कसैले पनि पोस्ट गर्न पाउनेछैन । त्यस्तो नियत नराखी राष्ट्रिय गानको हेरफेर गरिएको गीत वा संगीत र निन्दाहरू सर्वसाधारणसँग जुनसुकै स्वरूपमा सञ्चार गर्न पाईनेछ ।

    कुनै समारोहका सहभागीले मात्रै राष्ट्रिय गान बजेको बेला यथास्थानबाट उठेर सम्मान प्रकट गर्नुपर्नेछ । तर कार्यक्रम स्थल नजिकै रहेका रेस्टुरेन्ट वा डाईनरमा बसेकाहरूले खानाको आनन्द लिनसक्नेछन् ।

    राष्ट्रिय गान बजेको बेला सम्मान स्वरूप नउठ्ने रेस र फुटबलका फ्यानहरूलाई पनि कुनै सजाय नुहने निपले बताए ।

    ह्याप्पी भ्याली र शा तीन रेसकोर्समा विशेष अवसरमा पनि राष्ट्रिय गान बजाईन्छ

    निप भन्छन्,“जुनसुकै अपमानजक व्यवहारका लागि सजायको भागिदार हुनुपर्नेछ…अपराध गरे–नगरेको निर्धारण गर्न तीन अवस्थाहरू छन् । त्यसमा अपमान गर्ने, सार्वजनिक रूपमा त्यस्तो व्यवहार गर्ने र नियतवश गर्ने पर्दछन् ।”

    अपमान गर्ने नियतले विकृत र अपमानजनक तरिकाले राष्ट्रिय गान बजाउने र गाउने कार्यले पनि समस्या हुनसक्छ ।

    राजनीतिक विरोध कार्यक्रममा राष्ट्रिय गान बजाए दण्डसजाय हुने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ

    पछिल्ला वर्षहरूमा केही प्रो–बेईजिङ समूहले राष्ट्रिभक्ति प्रदर्शन गर्न विरोध कार्यक्रमहरूमा राष्ट्रिय गान बजाएका छन् । प्रस्तावित विधेयकमा राष्ट्रिय गानलाई “कुनै  सार्वजनिक स्थानमा पृष्ठभुमि संगीत” को रूपमा प्रयोग गर्न नहुने उल्लेख गरिएको छ । राष्ट्रिय गानलाई नीजि अन्त्येष्टी कार्यक्रम र ट्रेडमार्क वा व्यावसायिक विज्ञापनमा पनि प्रयोग गर्न नहुने सो प्रस्तावमा उल्लेख छ । नियमको उल्लंघन गरे के हुन्छ भन्नेबारे केही बताईएको छैन र प्रस्तावले अन्य नीजि कार्यक्रमलाई पनि समावेश गरेको छैन ।

    विधेयकमा उल्लेख नगरिएको अवस्थामा कार्यक्रमका आयोजकहरूले स्वविवेक प्रयोग गर्नुपर्ने निपले बताए ।

    उनी प्रश्न गर्छन्,“के विरोध कार्यक्रम नै राष्ट्रिय गान बजाउने उपयुक्त अवसर हो त ?”

  • कमेन्ट गर्नुहोस्