• हावाको गुणस्तर

  • गत वर्ष हङकङको हावा कति दिन अत्यधिक प्रदुषित रह्यो होला ?

    ईन्भाईरोन्मेन्टल प्रोटेक्सन डिपार्टमेन्टले सडकछेउमा हावाको गुणस्तर अनुगमन गर्ने उपकरण जडान गरेको छ । त्यसता १३ वटा अनुगमन केन्द्रबाट प्राप्त सूचनालाई ग्रिन पावर नामक संस्थाले विश्लेषण गरेको छ । विश्लेषणले अघिल्लो वर्ष कम्तिमा ६० दिन हङकङको वायुमण्डलमा “उच्च” प्रदुषण भएको देखाएको छ ।

    वायु गुणस्तर स्वास्थ्य सूचकांकको ११ वटा तहमध्ये यो ७औं तहको प्रदुषण हो । सन् २०१७ मा ८२ दिनसम्म हङकङको हावामा उच्च प्रदुषण रहेको देखियो । बितेको चार वर्षमा औसत ७७ दिन उच्च प्रदुषण भएको देखिन्छ ।

    सूचकांकले ७औं तहको प्रदुषण देखाउँदा सन् २०१७ को ३ हजार ४ सय १३ घण्टा र पछिल्लो औसत २ हजार ९ सय ८२ घण्टाको तुलनामा सन् २०१८ मा हङकङवासीले थोरै अर्थात् जम्मा २ हजार २ सय ९२ घण्टा प्रदुषित हावामा सास फेरे ।

    बितेको पाँच वर्षमा हङकङको पश्चिम क्षेत्रका नगर अझ बढी प्रदुषित रहे । चुनमुनमा औसत ६० दिन उच्च स्वास्थ्य जोखिम भएको हावा थियो । यहाँ सूचकाकंले १०औं तहको ‘गम्भिर’ प्रदुषण पनि देखाएको थियो । लगातार पाँच वर्षसम्म चुनमुन हङकङकै सबैभन्दा प्रदुषित नगरमा परेको छ । दोश्रोमा युन लङ र तेश्रो स्थानमा तुङ चुङ रहेको छ ।

    “पश्चिमी क्षेत्रमा सबैभन्दा बढी ‘धेरै उच्च’ र ‘गम्भिर’ तहको प्रदुषण देखिएकोले यहाँका मानिसहरू स्वास्थ्यको उच्च जोखिममा छन्,” समूहले भन्यो ।

    “हावाको गुणस्तर सुधार्ने प्रभावकारी उपाय कार्यान्वयन नगरी पश्चिम क्षेत्रमा, विशेष गरी पश्चिम डिस्ट्रिक्टमा, ठूला पूर्वाधार र आवास निर्माणका योजनाहरू बनाउनु मूर्खता हुनेछ ।”

    समग्र सुधारका बावजुद तुलनात्मक रूपमा सफा डिस्ट्रिक्ट पनि पाँच वर्ष अघिको दाँजोमा बढी प्रदुषित भएका छन् ।

    “ईस्टर्न डिस्ट्रिक्ट, शा तीन र ताई पोजस्ता पूर्वी क्षेत्रको हावाको गुणस्तरले गम्भिर ध्यानाकर्षण गर्नुपर्छ किनभने उच्च स्वास्थ्य जोखिम भएका घण्टा र दिनको संख्याको आधारमा तिनीहरूको वरियता पछिल्ला पाँच वर्षमा बढ्दै गएको छ,” ग्रिन पावरमा वैज्ञानिक अनुसन्धान तथा संरक्षण प्रमुख चेङ लुक–कीले भने ।

    सडकछेउमा बढी पाईने नाईट्रोजन डायअक्साईड र ओजोनको प्रदुषण पनि साधारणतया उच्च छ । यो क्षेत्रीय समस्या पनि हो ।

    ग्रिन पावरको निष्कर्ष सरकारको दृष्टिकोणसँग मिल्दोजुल्दो छ । उत्सर्जन नियन्त्रणका सफल उपायहरू श्रृंखलाबद्ध रूपमा कार्यान्वयन गरेपछि बितेको पाँच वर्षमा सल्फर डायअक्साईड र सूक्ष्म कणजस्ता प्रमुख वायु प्रदुषकहरूको घनत्व करिब ३० प्रतिशतले घट्दै गएको सरकारको मान्यता छ ।

    यही वर्ष सन् २०२५ सम्मलाई पाँच वर्षे वायु गुणस्तर उद्देश्यको पनि पुनरावलोकन हुनेछ ।

    सरकारले – सल्फर डायअक्साईड र आँखाले देख्न नसकिने साना कण– दुई मुख्य प्रदुषकको अधिकतम तहमा कडाई गर्ने प्रस्ताव गरेको छ । तर हरित समूहहरूले “अत्यधिक रूढीवादी” भन्दै सरकारको आलोचना गरेका छन् ।

  • कमेन्ट गर्नुहोस्