• बसमा निदाएकी महिलाको कपाल काट्ने पुरूष पक्राउ

  • आफुलाई हजाम बताउने एक पुरूषलाई बसमा निदाएकी एक महिलाको कपाल काटेको आरोपमा आईतबार गिरफ्तार गरिएको छ ।

    घटनाका एक जना साक्षीले बताए अनुसार करिब ६५ वर्षका ती पुरूष महिलाको लामो र उडिरहेको कपालबाट चिढिएका थिए ।

    आफुलाई ईन्जिनियर बताउने पीडित महिलाले काउलुन बेदेखि एबरडिनको वाह क्वाई ईस्टेट यात्रा गर्ने क्रममा टप-डेक सिटमा आईतबार करिब ९ बजेतिर निदाएको बताईन् । उनी सिटीबसको रूट १०७ मा सवार थिईन् ।

    महिलाको पछाडि बसेका ती पुरूष उनको ‘पोनीटेल’ बाट हैरान भएका थिए । महिलाले टाउकोपछाडि बाँधेको कपाल उनको घुँडासम्म पुग्ने थियो ।

    “उनले अकस्मात कैंची झिके र एक मुठा कपाल काटिदिए,” प्रत्यक्षदर्शीले बताए । कपाल काट्ने पुरूष मातेजस्तो नदेखिएको पनि उनले बताए ।

    घटनाका प्रत्यक्षदर्शी अन्य यात्रुले ती पुरूषलाई रोके र निदाएकी महिलालाई पनि उठाए । ब्युँझेपछि आफुमाथि भएको घटना चाल पाउँदा उनी रून थालिन् ।

    “उनी अत्तालिईन् र रून थालिन्,” ती प्रत्यक्षदर्शीले भने । बस चालकले प्रहरीलाई खबर गरे ।

    बस कजवे बे पुग्दा, ती पुरूष भाग्न खोजे तर अन्य यात्रुले उनलाई रोके । बस चालकले क्यानोन स्ट्रिट नजिकै ग्लोचेस्टर रोडमा बस रोके जहाँ ती पुरूषलाई प्रहरीले हिरासतमा लिए ।

    घटना भएको समयमा बसमा करिब सय जना यात्रु भएको सिटिबसका एक कर्मचारीले बताएका छन् । पहिलो बसमा प्रहरीले अनुसन्धान गर्दैगर्दा उनीहरूलाई अर्को बसमा चढाईएको थियो ।

    साथमा कैंची किन राखेको भन्ने प्रश्नमा ती पुरूषले आफू ‘हेयर स्टाईलिस्ट’ भएको बताएका थिए ।

  • कमेन्ट गर्नुहोस्