• ह्यारी पोटरमा आधारित क्याफे विरूद्ध वार्नर ब्रोसद्वारा मुद्दा दर्ता

  • लोकप्रिय हलिवुड चलचित्र ह्यारी पोटरको थीममा सञ्चालित एउटा क्याफे विरूद्ध चलचित्र श्रृंखलाका निर्माता तथा वितरक वार्नर ब्रोस ईन्टरटेन्मेन्टले प्रतिलिपि अधिकार उल्लंघन गरेको मुद्दा दर्ता गराएको छ ।

    कम्पनीले मोङ कोकस्थित ९ ३/४ क्याफे विरूद्ध मंगलबार हाई कोर्टमा मुद्दा दर्ता गरेको छ । क्षतिपूर्ति वापत कम्पनीले माग गरेको रकम खुलाईएको छैन । त्यसबाहेक रेस्टुरेन्टबाट ह्यारी पोटर थीम हटाउने तथा थुप्रै निषेधाज्ञाहरू पनि कम्पनीले माग गरेको छ ।

    “ह्यारी पोटर”, “क्विड्डिच”, “मगल्स” साथै “प्रोफेसर म्याक्गोनागल्स म्याजिकल स्यालड” र “द डिमेन्टर्स किस” जस्ता चीनियाँ नाम तथा हङकङमा दर्ता गरिएका ट्रेडमार्कहरू उक्त क्याफेले प्रयोग गर्नु नै मुद्दाको विषय थियो । भित्तामा आधा भासिएको लग्गेज ट्रली, ग्रिफिन्डोरको चिन्ह र प्लेटफर्म ९ ३/४ को होग्वार्ट्स एक्स्प्रेस रेल टिकट जस्ता चलचित्रका लोकप्रिय सामग्रीरू क्याफेले प्रदर्शन गरेकोमा अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनी वार्नर ब्रोसले आपत्ति जनाएको थियो ।

    सूचीकृत प्रतिवादीहरूमा डीकेएजे लिमिटेड र त्यसका जना निर्देशकहरू : केल्भिन चिङ काई-लिम, चाङ चिउ-योङ, वान चिन-योङ र ल्योङ चिन-हेई रहेका छन् ।

    सेप्टेम्बर १५, २०१७ मा “मगल्स” – वा जादु नभएका मानिसहरू – का लागि खुलेको उक्त सानो क्याफेको मेन्युमा जादुका छन्दहरू लेखिएका थिए । ती छन्दहरू जे. के. रोलिङले लेखेकी थिईन् । रोलिङ नै सर्वाधिक बिक्री भएको ह्यारी पोटर पुस्तक श्रृंखलाकी लेखक हुन् ।

    क्याफेको फेसबुक पेजमा पोस्ट गरिएका फोटोहरूमा न्यानो बत्तीको सजावट, झाडु, जादुका छडी लगायत चलचित्रसँग सम्बन्धित सामग्री देख्न सकिन्छ ।

    क्याफेका आगन्तुकहरूलाई “वार्नर ब्रोस ईन्टरटेन्मेन्ट ईंक, ह्यारी पोटर वा जे. के. रोलिङसँग ९ ३/४ क्याफेको कुनै सम्बन्ध नभएको” स्मरण गराईएको छ ।

    तैपनि, क्याफेले “व्यापार तथा प्रतिलिपि अधिकारको उल्लंघन गर्नुका साथै चिन्हको दुरूपयोग गरेको” वार्नर ब्रोस ईन्टरटेन्मेन्टका वकिलहरूको निष्कर्ष छ । कम्पनीले हाल “९ ३/४ क्याफे उल्लेख गरिएका सबै ब्यानर, संकेत, साईनबोर्ड र प्रवर्द्धनात्मक सामग्री” हटाउन अदालतको आदेश लिन खोजीरहेको छ । ती सामग्रीहरू कम्पनीका वकिललाई बुझाउनु पर्नेछ वा नष्ट गर्नुपर्नेछ ।

    क्षतिपूर्तिबाहेक क्याफेले अब उपरान्त कम्पनीको सम्पत्ति र वास्तविक कामको प्रयोग वा प्रदर्शन गर्न नपाउने गरी थुप्रै निषेधाज्ञा पनि माग गरेको छ ।

  • कमेन्ट गर्नुहोस्