• जोसुवा वोङले झूटो आरोप लगाएको कारागार अधिकारीको बयान

    जोसुवा वोङ वेस्ट काउलुन अदालतमा
  • डेमोसिस्टोका नेता जोसुवा वोङ ची-फुङले कारागारमा अपमानजनक व्यवहार गरिएको मिथ्या आरोप लगाएको एक कारागार अधिकारीले शुक्रबार अदालतमा बयान दिएका छन् ।

    अक्टोबर १६, २०१७ का दिन तुङ ताउ करेक्सनल ईन्स्टिट्युसनमा वोङले लगाएको सबै कपडा खोलेर खोजतलास गरिएको तर सबै लुगा लगाएपछि मात्रै सोधपुछ गरिएको सहायक अधिकारी ल्योङ तीन-हाङले बताए । वोङले भनेजस्तो “कुकुरजस्तै” बसाएर व्यक्तिगत प्रश्न नसोधिएको उनले दाबी गरेका छन् ।

    संस्थागत सम्बन्ध सम्बन्धि जानकारीले, कारागार व्यवस्थापन र रोजगार विनियोजन लगायत प्रशासनिक प्रबन्धमा सहयोग पुग्ने भएकोले वोङको राजनीतिक संलग्नताबारे पनि सोधपुछ गरेको ल्योङले बताए ।

    “डेमोसिस्टो आफैंमा समस्या होईन,” उनले भने,“अरूले डेमोसिस्टोलाई कसरी हेर्छन् भन्ने चाँहि समस्या हो । हामीले सबै किसिमका जोखिमको अभिलेख राख्नुपर्छ ।”

    वोङले आफु विरूद्ध गलत आरोप लगाएको ल्योङले बताए ।

    “म किन त्यसो गर्छु ?,” वोङले सोधे ।

    “तपाईंले के सोंचेर त्यस्तो भन्नुभयो मलाई थाहा छैन,” ल्योङले उत्तर दिए ।

    “व्यक्तिगत स्वतन्त्रताको हनन” र “सार्वजनिक पदको दुरूपयोग” गरेको भन्दै स्मल क्लेम्स ट्राईब्युनलमा वोङले लगाएको मुद्दाको विपक्षमा ल्योङले बोलेका थिए । करेक्सनल सर्भिसेस डिपार्टमेन्टको आन्तरिक अनुसन्धान एकाइले वोङको दाबी निराधार भएको निष्कर्ष निकालेपछि १६ हजार हङकङ डलरको क्षतिपूर्ति दाबी गर्दै वोङले न्याय सचिव विरूद्ध मुद्दा हालेका थिए ।

    उजुरीको अनुसन्धान गर्ने मुख्य अधिकारी मार्टिन यु शिङ-याउले वोङलाई भने,“तपाईंको बयानलाई पुष्टि गर्ने कुनै तथ्य छैन ।”

    कारागारका सुरक्षा प्रमुख तथा अर्का प्रमुख अधिकारी क्वोक वान-चितले नयाँ आउने कैदीबन्दीको सबै लुगा फुकालेर खोजतलास गर्नु आवश्यक भएको बताए ।

    घटना भएको समयमा वोङ भर्खरे पिक उक करेक्सनल ईन्स्टिट्युसनबाट ६ महिनाको जेलसजाय पूरा गर्न त्यहाँ सारिएका थिए । उनलाई सेप्टेम्बर २०१४ मा गैरकानुनी सभा गरेकोमा दोषी करार गरिएको थियो । वोङले ६९ दिन जेलसजाय काटेपछि कोर्ट अफ फाईनल अपिलले उक्त फैसला खारेज गरेको थियो ।

    “सुरक्षा सुनिश्चित गर्न, हामीले पहिले खोजतलास गर्नैपर्छ,” क्वोकले भने,“सम्बन्धित अधिकारीले प्रकृया अवधिभरी नै निर्देशन दिन्छन्, त्यसैले त्यो समयमा प्रश्न सोध्न असम्भव छ…यस्तो असम्भव भएको म विश्वास गर्दछु ।”

    शरीरको खोजतलास सकेपछि कैदीबन्दीलाई कारागारको नयाँ पोशाक दिईने पनि क्वोकले बताए ।

    “के तपाईंले नाङ्गै गरिने सोधपुछबारे सुन्नुभएको छ ?” डेप्युटी एज्युडिकेटर पर्सी युले सोधिनन् ।

    “तुङ ताउ करेक्सनल ईन्स्टिच्युसनको प्रमुख अधिकारीको रूपमा तीन वर्षे सेवामा त सुनेको छैन,” क्वोकले उत्तर दिए,“यसअघि मैले कहिले पनि यस्तो गुनासो पाएको थिईनँ ।”

    मुद्दाको अन्तिम सुनुवाई फेब्रुअरी १५ मा हुनेछ ।

  • कमेन्ट गर्नुहोस्