• हङकङ मामिलामा अमेरिकी चासोप्रति चीनको असन्तोष

  • हङकङ, चैत ९ चैत : हालै अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ’हङकङ नीतितथा ऐन वार्षिक प्रतिवेदन’मा चीनको केन्द्रीय सरकार तथा हङकङ विशेष प्रशासनिकक्षेत्र सरकारको आधारहीन निन्दा गरिएको भन्दै चीनले विरोध गरेको छ ।

    हङकङ विशेष प्रशासनिक क्षेत्रबारे अमेरिकाले अनावश्यक टिप्पणी गर्नु ठीक नहुने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले बताए ।

    शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङले हङकङ मातृभूमिमा समाहित भएपछि ‘एक देश दुई व्यवस्था’, ’हङकङवासीद्वारा हङकङको प्रशासन’ भन्ने सिद्धान्तको व्यावहारिक कार्यान्वयन भएको र हङकङवासीलाई कानूनमा आधारित हक–अधिकार तथा स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिइएको बताए । चीन सरकारले अक्षरशः संविधान तथा आधारभूत ऐनको पालना गरिरहेको पनि प्रवक्ता कङले बताए ।

    प्रवक्ता कङले थपे, “चीनको आन्तरिक मामिलाबारे अमेरिकाले गरेको चर्चा केन्द्र सरकार तथा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि आधारहीन आरोप हो ।” अमेरिकाले हङकङसम्बन्धी विषयमा होसियारीपूर्वक विचार राख्न उनले सुझाव दिए ।

  • कमेन्ट गर्नुहोस्