• एमटिआर एयरपोर्ट एक्सप्रेसको अवरूद्ध सेवा फेरि सुरू

  • यान्त्रिक गडबडीका कारण रातभर स्थगित एमटिआरको एयरपोर्ट एक्सप्रेस सेवा आइतबार बिहानदेखि फेरि सुरू भएको छ ।

    यो साता एमटिआरको सेवा स्थगित भएको यो दोश्रो घटना हो । रेलको माथिल्लो भाग ‘प्यान्टोग्राफ’लाई विद्युतीय केबलसँग जोड्ने धातुको ‘एक्सटेन्सन’ मा क्षति पुगेपछि रेलको विद्युत आपुर्ति बन्द भएको थियो । आइतबार मध्यरातमा सो रेल सन्नी बे स्टेसनमा  थियो ।

    एमटिआर कर्पोरेसनका हेड अफ अपरेसन्स डा. टोनी ली कार–युनले ‘ओभरहेड लाइन’ को एउटा पुर्जा खुकुलो भएकोले क्षति भएको बताए ।

    “त्यो पुर्जाले प्यान्टोग्राफमा क्षति पुर्‍यायो जसले सन्नी बे जानेबाटोमा पर्ने लाइनमा पनि क्षति पुग्न गयो,”उनले बताए ।

    क्षतिग्रस्त प्यान्टोग्रफ घटनास्थलदेखि सन्नी बेसम्म आठ किलोमिटर चलेको लीले बताए । त्यसैले इन्जिनियरहरूलाई ओभरहेड लाइन मर्मत गर्न केही समय लाग्नेछ ।

    राति करिब १२:१० बजेतिर हङकङ स्टेसन जाँदै गरेको रेलको ‘सर्किट ब्रेकर’ विमानस्थल स्टेसन र सन्नी बे स्टेसनबीचमा ‘एक्टिभेट’ भएको थियो ।  सन्नी बे आइपुगेपछि एमटिआरका कर्मचारीले क्षतिग्रस्त उपकरण देखे र रेलमा सवार ६० जनालाई ओराले ।

    त्यस्तै राति नै करिब १२:२८ तिर हङकङ स्टेसन हिंडेको अर्को रेलको सर्किट ब्रेकर पनि त्यही स्थानमा एक्टिभेट भयो । त्यसपछि मात्रै कर्मचारीले ओभरहेड केबल क्षतिग्रस्त भएको देखे । लगत्तै रेल सेवा रोकिए ।

    रेलको स्वचालित सुरक्षा प्रणालीका कारण सर्किट ब्रेकर एक्टिभेट भएको एमटिआर कर्पोरेसनले जनाएको छ । ली र उनको टोलीले आइतबार पनि परिस्थितीको अनुगमन गर्नेछन् । राति सबै पाटपुर्जाको निरीक्षण गर्नेछन् र प्रयोगशाला परीक्षणबाट समस्याको मूल कारण पत्ता लगाउने प्रयास गर्नेछन ।

    तुङ चुङ लाइनमा तुङ चुङदेखि सन्नी बे जाने रेल सेवा पनि केहि बेरका लागि स्थगित भयो । एयरपोर्ट एक्सप्रेसका स्टेसन तथा तुङ चुङ र सन्नी बे स्टेसनमा एमटिआर कर्पोरेसनले उपलब्ध गराएको निशुल्क शटल बस सेवा दश मिनेटको अन्तरमा सञ्चालन गरिएको थियो ।

    एमटिआरले कठिन समय सामना गरिरहेको बेला यस्तो घटना भएको छ । अघिल्लो सोमबार रात्रिकालीन परीक्षणमा रेल दुर्घटना हुँदा चुयन वान लाइनमा एडमिराल्टी र सेन्ट्रलबीच सञ्चालन हुने सेवा अवरूद्ध भएको थियो ।

  • कमेन्ट गर्नुहोस्