• विधेयक स्थगितले आन्दोलन रोकिएन

    प्रहरी मुख्यालय अगाडि भेला भएका प्दर्शनकारीहरु । तस्तिर: डेन्नि ली/एससीएमपी ।
  • २१ जुन । सुपर्दगी ऐन संशोधनका लागि प्रस्तावित विधेयक स्थगित गरिए पनि आन्दोलन निरन्तर रुपमा अघि बढिरहेको छ । आन्दोलनकारीहरुले विधेयक फिर्ता लिनु पर्ने माग गरेका छन् ।

    मुख्य माग विधेयक फिर्तासंगै अन्य माग अघि सारिएको छ । जुन १२ का दिन भएको प्रहरी दमनलाई दङ्गा भनिएको फिर्ता, दमनमा उत्रिएका प्रहरीलाई कार्वाही र आन्दोलनको क्रममा गिरफ्तार गरिएकालाई विना शर्त रिहा मागको रुपमा अघि सारिएका छन् ।

    आज प्रदर्शनकारीहरु एडमिराल्टीस्थित प्रहरी मुख्यालय अगाडि धर्नामा बसेका छन् । उनीहरुले प्रहरी प्रमुख स्टेफन लोलाई भेट्न माग गरिरहेका छन् । करिव हजार जनाबाट शुरु भएको धर्नामा संख्या बढिरहेको छ भने उनीहरुले प्रवेश मार्गमा सवारी आवगमन बन्द गराएका छन् ।

    धर्नाकारीहरुलाई सवारी आवगमनमा असर नपर्ने गरी प्रदर्शन गर्न प्रवक्ता वरिष्ठ प्रहरी निरीक्षक योलन्दा युले अनुरोध गर्दै धर्ना चाडै हट्ने विश्वास व्यक्त गरेकी छन् । मुख्यालयका कामकार्वाही अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको प्रहरीले जनाएको छ । त्यहाँ कार्यरत निजामति कर्मचारीलाई विदा दिइएको छ ।

  • कमेन्ट गर्नुहोस्