• प्रदर्शनकारीका तारोमा सरकारी कार्यालय

    आन्तरिक राजस्व (इन्लेणड रिभेन्यु)काे मूलद्वारमा अवरोध उत्पन्न गर्दै प्रदर्शनकारीहरु । तस्बिर: एससीएमपी ।
  •  

    २४ जुन । सुपुर्दगी ऐन विरोधीहरुको घेराउ अभियान सरकारी कार्यालयतर्फ अघि बढेको छ । विधायिका परिषद् भवनबाट शुरु भएको घेराउ अभियान प्रहरी केन्द्रीय कार्यालय हुदै आन्तरिक राजस्व (इन्लेण्ड रिभेन्यु) र अध्यागमन विभाग (इमिग्रेसन डिपार्टमेन्ट) पुगेको छ ।

    आज अपरान्हदेखि आन्दोलनकारीहरुले आन्तरिक राजस्व भवनको मूलद्वारमा प्रदर्शन गर्दै अवरोध सिर्जना गरिरहेका छन् । उनीहरुले कर्मचारीहरुलाई घर फर्कन र सेवाग्राहीहरुलाई अर्को दिन आउन आग्रह गरिरहेका छन् । दुई दिन अघि पनि प्रदर्शनकारीहरुले राजस्व र अध्यागमन भवन घेराउ गरेका थिए ।

    प्रदर्शनकारीहरुले चार माग– विधेयक खारेज, विरोध प्रदर्शनलाई प्रहरीले दंगा भनेकोमा फिर्ता लिुन पर्ने, दमनमा उत्रिएका प्रहरीलाई कार्वाही र गिरफ्तार गरिएकालाई रिहा अघि सारेका छन् । उनीहरुका अनुसार उक्त माग पूरा गराउन सरकारी कार्यालय घेराउ गरिएको हो ।

    प्रस्तावित सुपर्दगी विधेयक पारित भएमा सुपर्दगी सम्झौता नभएका मूलभूमि चीनलगायतमा अपराध गरी हङकङ फरार भएका अभियुक्तहरुलाई कानुनी प्रक्रियाका लागि सुपर्दगी गरिने बाटो खुल्ने र चीनको न्यायलय निष्पक्ष नरहेको चिन्ता व्यक्त गर्दै विरोध भइरहेको छ ।

    विधेयक विरुद्ध लाखौं जनता सडकमा ओर्लिएपछि जुन १५ का दिन कार्यकारी प्रमुख क्यारी लामले पत्रकार सम्मेलन मार्फत उक्त विधेयक स्थगित गरिएको घोषणा गरे पनि आन्दोलन रोकिएको छैन ।

    विवादास्पद विधेयक स्थगित गरिए पनि जुन १६ का दिन ठूलो प्रदर्शन भएको थियो । विशेष प्रशासकीय क्षेत्र हङकङ स्थापना भएपछिकै ठूलो प्रदर्शनमा आयोजकहरुले २० लाखको सहभागिता रहेको दावी गरेको छ भने प्रहरीले २ लाख ५० हजार अनुमान गरेको छ ।

  • कमेन्ट गर्नुहोस्