• प्रतिकूल मौसम र प्रदर्शनकाबीच स्थापना दिवस

    कार्यकारी प्रमुख क्यारी लाम आमन्त्रित अतिथिका माझ । तस्बिर : सूचना विभाग ।
  •  

    जुलाई १ । हङकङ विशेष प्रशासकीय क्षेत्रको २२औं स्थापना दिवस झरी र विरोधीका प्रदर्शनीबीच सम्पन्न भएको छ । समारोहमा कार्यकारी प्रमुख क्यारी लामलगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रम आयोजित वानचाइस्थित हङकङ सम्मेलन तथा प्रदर्शनी केन्द्रको प्राङ्गण बौहनिया स्क्वायरमा सम्पन्न झण्डोतोलन सहभागीहरुले प्रत्यक्ष प्रशारण मार्पmत हेरेका थिए । अनुकूल मौसममा सहभागीहरु झण्डोतोलन कार्यक्रममा उपस्थित हुने परम्परा रहेको छ ।

    समारोहमा जुन १८ मा माफी मागेपछि सार्वजनिक नभएकी कार्यकारी प्रमुख लामले ६ मिनेट सम्बोधन गरेकी थिइन् । सुपुर्दगी विधेयक विरुद्धको प्रदर्शनीमा बल प्रयोग भएकोमा उनले माफी माग्नु पर्ने आवाज बुलन्द भएको थियो । करिव २० लाख जनता सडकमा ओर्लिएको दुई दिनपछि उनले माफी मागेकी थिइन् ।

    प्रस्तावित विधेयक पारित भएमा सुपुर्दगी सन्धी नभएका मूलभूमि चीन, ताइवान र मकाउ लगायतमा फरार अभियुक्त सुपुर्दगी गर्ने बाटो खुला हुनेछ । ऐनको अभावमा ताइवानमा गर्लफ्रेन्डको हत्या गरी फरार अभियुक्तलाई हङकङबाट सुपुर्दगी गर्न नसकिएको सरकारी दावी रहेको छ ।

    सरकारी अधिकारी, राजनीतिज्ञ, व्यापारी, समाजसेवीलगायत सयौं आगन्तुकका अगाडी सम्बोधन गर्दै उनले पाठ सिक्दै जाने उल्लेख गरेकी थिइन् । हालैका दिनमा सरकार र सर्वसाधारणबीच विवाद र मुठभेड भएकोमा एक राजनीतिज्ञ भएको नाताले जनताका भावनालाई सर्वोपरी ठान्न भूल्न नहुने स्वकारोक्ति उनको सम्बोधनमा रहेको थियो ।

    कार्यकारी प्रमुख क्यारी लामको सम्बोधनकै बीचमा विधायक हेलेना वोङले नारा लगाएकी थिइन् । उनले ‘क्यारी लाम राजिनामा गर’ र ‘गलत विधेयक फिर्ता गर’ लगायतका नारा लगाएकी थिइन् । उनलाई सुरक्षा अधिकारीहरुले बाहिर निकालेका थिए ।

    कार्यकारी प्रमुख लामले सरकारी शासकीय तरिका सुधार गर्न आवश्यक रहेकोमा जोड दिदै आपूmबाट शुरु गरिएको भए पनि सरकारको कदम नरोकिने बताएकी थिइन् । उनको संकेत स्थगित विधेयक फिर्ता नलिनेतर्पm रहेको थियो । विरोधीहरुले विधेयक फिर्ता लिनु पर्ने माग गरिरहेका छन् ।

    कार्यक्रम स्थल वरपर भेला भएका प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा १३ प्रहरी घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरुले अज्ञात झोल प्रहरीमाथि छ्यापेका थिए । उक्त झोल नाली सफा गर्ने रसायन रहेको आशंका गरिएको छ । प्रदर्शनकारी रोक्न करिव २ सयजना विशेष प्रहरी परिचालन गरिएको थियो ।

    बेलायतले हस्तान्तरण गरेपछि सन् १९९७ जुलाई १ का दिन हङकङ विशेष प्रशासकीय क्षेत्रको स्थापना भइ ‘एक देश दुई नीति’ अन्तर्गत चीनको अभिन्न अंगको रुपमा रहेको छ ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad