• विधायिका परिषद् भवनमा तोडफोड

  •  

    जुलाई १ । प्रदर्शनकारीहरुले विधायिका परिषद् भवनको मूल ढोका फोडेका छन् । फोहोर फ्याल्ने ट्रलीलगायतका फलामे सामग्री प्रयोग गर्दै उनीहरुले ढोकाको सिसा फोडेका हुन् ।

    सुपुर्दगी विधेयक पेश गरिएपछि प्रदर्शनकारीहरुको तारो बनिएको परिषद् भवन पटक–पटक आक्रमणमा परे पनि यो रुपमा क्षति पुगेको थिएन । स्थापना दिवस कार्यक्रम विथोल्न हिडेका प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्न नसकेपछि परिषद् भवनतर्पm लागेका थिए ।

    घटनाको बेला त्यहाँ उपस्थित एण्ड्रयु वान, फर्नान्डो चेङ, इड्डि चुलगायतक विधायकहरुले आक्रमण रोक्ने प्रयास गरेका भए पनि उनीहरु असफल रहे । ढोकाको अगाडि जान खोजेका विधायकहरुलाई प्रदर्शनकारीहरुले लछार पछार गरेका थिए । उनीहरुले घुडा टेकेर त्यसो नगर्न प्रदर्शनकारीहरुलाई अनुनय विनय गरेका थिए ।

    सिसा फोडेर ट्रली भित्र ठेलेपछि प्रहरीले खतराको चेतावनी जारी गरेको थियो । भवनभित्र प्रवेश गर्ने जो कोहीलाई पक्राउन गरिने सूचना जारी भएपछि प्रदर्शनकारीहरु पछि हटेका थिए ।

    घटनाको क्रममा प्रदर्शनकारीहरुले लाइम पाउडरलगायतले प्रहरीमाथि आक्रमण गरेका थिए । जसको असरबाट बच्न प्रहरीले पानी प्रयोग गरेका थिए ।

    जुन १६ दिनको प्रदर्शनीमा अनावश्यक बल प्रयोग गरेको आरोप लागेपछि प्रहरीले त्यति आक्रामक देखिएका छैनन् । उक्त दिन टियर ग्यास, रबर र अन्नका गोली प्रहार गरिएका थिए ।

    तस्बिर: एससीएमपी/द स्टाण्डर्ड ।

  • कमेन्ट गर्नुहोस्