• ८ प्रदर्शनकारी पक्राउ

  • जुलाई ८ । चिमसाचुईदेखि काउलुन वेस्टसम्म प्रदर्शन शान्त रुपमा सम्पन्न भए पनि त्यसपछि मङककमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा ६ जनालाई गिरफ्तार गरिएको छ ।

    प्रदर्शनकारीहरुले सडक नियन्त्रणमा लिन धर्ना कस्न शुरु गरेपछि गैर–कानुनी भन्दै प्रहरीले तुरुन्त हटन आदेश जारी गरेको थियो । भीड हटाउने क्रममा प्रहरीमाथि दुव्र्यवहार गर्नेहरुलाई पक्राउ गरिएको हङकङ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार २०–६६ उमेरका २ महिला र ४ पुरुष पक्राउ गरिएको छ । उनीहरुलाई गैर–कानुनी रुपमा भेला भएको र सार्वजनिक स्थलमा अवरोध सिर्जना गरेको अभियोगमा पक्राउ गरिएको हो ।

    आइतबार रातभर भएको प्रदर्शनीमा मङककका सडक गैर–कानुनी रुपमा कब्जा जमाएर सर्वसाधरणलाई हिडडुलमा अवरोध सिर्जना भएकोमा आज बिहान सरकारी प्रवक्ताले भत्र्सना गर्दै विज्ञप्ति जारी गरेको छ ।

    गैर–कानुनी क्रियाकलापले सवारी आवगमन र व्यापार व्यावसायमा असर परेको भन्दै विज्ञप्तिमा हङकङ कानुनी राज्य भएकोले कानुनको पालना गर्न प्रत्येक नागरिकको कर्तव्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्