• प्रदर्शन अझै जारी, भीड बेइजिङ सम्पर्क कार्यालयसम्म पुग्यो

  • हाल स्थगित सुपुर्दगी विधेयकको विरोधमा विशाल जनप्रदर्शन सुरू भएको साढे तीन घण्टा भए पनि कजवे बेबाट प्रदर्शनकारी अझै ओइरिरहेका छन्। केही अन्य दिशामा पनि मोडिएका छन्।

    आइतबार भएको प्रदर्शनमा प्रदर्शनकारीको भीडले प्रहरीले तोकेको वान चाइको अन्तिम बिन्दु पनि नाघ्यो। कोनट रोड सेन्ट्रल र कोनट रोड वेस्टका प्रमुख सडकमा मानिसको भीड बढ्दो छ। सवारी साधनलाई जान दिइएको छैन। काठका ब्यारिकेड पनि लगाइएका छन्। प्रदर्शनकारीको अर्को समूह सम्पर्क कार्यालयतर्फ अघि बढेको छ।

    कोर्ट अफ फाइनल अपिलबाहिर पनि प्रदर्शनकारी भेला भएका छन्। जुलुसका आयोजकले यसलाई अन्तिम बिन्दु बनाउने प्रस्ताव गरेका थिए। प्रहरीले स्वीकार गरेन।

    साँझ ७ बजेसम्म प्रदर्शनकारीको भीड साइ यिङ पुनस्थित बेइजिङको सम्पर्क कार्यालय पुगेको छ। भवनको सुरक्षार्थ खटिएका कुनै प्रहरी नदेखिए पनि भित्र थुप्रै सेक्युरिटी गार्ड थिए ।

  • कमेन्ट गर्नुहोस्