प्रहरीको गोलीद्वारा एक घाइते


अक्टुबर १ । सुपुर्दगी विधेयक विरुद्ध आन्दोलनको १ सय १४ दिन प्रहरीले गोलीद्वारा एक प्रदर्शनकारी घाइते भएका छन् । प्रिन्स मार्गरेट अस्पतालमा उपचाररत चान चि–के नामका प्रदर्शनकारीको अवस्था चिकित्सकहरुका अनुसार चिन्ताजनक रहेको छ ।
चुनवानस्थित हो पा स्ट्रिटमा भएको प्रहरी र आन्दोलनकारीबीचको झडपमा गोली चलेको थियो । हङकङ विद्यार्थी यूनियनको क्याम्पस टीभीको क्यामेरामा कैद भएको श्रव्य दृश्यानुसार प्रहरीले प्रदर्शनकारीको छातीमा ताकेर गोली हानेका छन्
त्यसैगरी सामाजिक सञ्जालमा भाइरल भएको एक श्रव्य दृश्यमा ‘प्रदर्शनकारीले मेरो नाम चान चि–के हो । मेरो छाति दुखिरहेको छ मलाई अस्पताल लैजाउ…..’ भनिरहेका छन् ।
विगतमा भन्दा आजको प्रदर्शन बढी आक्रामक देखिएको छ । कजवे बे, वानचाइ, सेन्ट्रल, चिमसाचुई, जोर्डन, याउमाते, मङकक, वङताइसिन, चुनवान, सातिनलगायत केन्द्रित प्रदर्शनमा व्यापक तोडफोड भइरहेका छन् ।
चीनको ७० औं राष्ट्रिय दिवसको दिन परम्परागत रुपमा हुने भिक्टोरिया पार्कदेखि सेन्ट्रलसम्मको प्रदर्शनीमा प्रहरीले रोक लगाएपछि प्रदर्शनकारीहरुले जताततै प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनी हिंसात्मक हुने अडकलमा हिजोदेखि नै प्रहरीले फोन म्यासेजलगायतबाट सर्वसाधरणलाई होशियार रहन सजग गराएको थियो । पसललगायत व्यापार व्यावसाय बन्द गर्न अनुरोध गरेको थियो ।
वानचाईस्थित प्रदर्शनी तथा प्रदर्शनी केन्द्रमा बिहान सम्पन्न सरकारी कार्यक्रम प्रहरीको कडा सुरक्षाबीच सम्पन्न भएको थियो । कार्यकारी प्रमुख क्यारी लाम सरकारी कार्यक्रममा भाग लिन बेइजिङ गएपछि हङकङको कार्यक्रम कार्यवाहक कार्यकारी प्रमुख म्याथु च्योङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सम्बोधनको क्रममा च्योङले हङकङको समस्या समाधान गर्न सरकार लागि रहेको बताउदै शान्ति स्थापना गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।
सार्वजनिक तथा अन्य सवारी साधन थोरै चलेका छन् भने मुख्य सवारी माध्यम रेल (एमटीआर)को चुनवान लाइन सेवा बन्द गरिएको छ भने अन्य लाइनका अधिकांश स्टेसन बन्द गरिएका छन् ।
कमेन्ट गर्नुहोस्
