• सार्वजनिक भेलामा मास्क लगाउन नपाइने

    सार्वजनिक स्थलमा मास्क लगाए गैर-कानुनी हुनसक्ने । तस्वीर: जगत गुरुङ ।
  •  

    अक्टुबर ४ । हङकङ सरकारले सार्वजनिक रुपमा मास्क लगाउन नपाउने आपतकालिन नियम लागू गर्ने घोषणा गरेको छ । बेलायतकालिन नियम लागू गरिएको आफ्ना मन्त्री मण्डलका सहितको पत्रकार सम्मेलनमार्फत कार्यकारी प्रमुख क्यारी लामले घोषणा गरेकी हुन् ।

    चार महिना उकालो लागेको सुपुर्दगी विधेयक विरुद्धको आन्दोलन हिंसाको चरम अवस्थामा पुगेको ठहरसहित सरकार पक्षका राजनैतिक दल तथा कार्यकारी परिषद्ले सुझाव दिएपछि उक्त घोषणा गर्ने निर्णयमा कार्यकारी प्रमुख लाम पुगेको बताइएको छ ।

    सुरक्षा सचिव जोन लीले उद्घोष गरे बमोजिम आज राति १२ बजेदेखि लागू हुने नियम अनुसार उल्लंघन गर्नेलाई २५ हजारसम्म जरिवाना र १ वर्षसम्म जेल सजाय हुन सक्ने छ । उद्घोष अनुसार अनुहार रङ्गाउनेलाई पनि उक्त नियम लाग्ने छ ।

    उनले क्यानडा लगायतका देशमा त्यस किसिमको कानुन रहेको उदाहरण पेश गर्दै स्वास्थ्य तथा धार्मिक कारण लगाइएका मास्कधारीलाई नियम लागू हुने छैन । यो नियम आपतकालिन ऐन अनुसार लगाइएको बताइएको छ ।

    आज राति १२ बजेदेखि लागू हुने नियम अनुसार विद्यार्थीहरुले पनि विद्यालयमा रहदा पनि मास्क लाउन पाउने छैनन् । विद्यार्थीलाई मात्र नभएर शिक्षक तथा कर्मचारीलाई पनि उक्त नियम लागू हुने छ ।

    सुपुर्दगी विधेयक विरुद्धको आन्दोलनमा विद्यार्थीको सहभागिता अध्याधिक रहेको र विद्यार्थीलगायतले मास्क लगाउदै तोडफोडलगायतका क्रियाकलापमा संलग्न भइरहेका छन् । ३ दिन अगाडि प्रदर्शनकारीसंग भएको झडपमा प्रहरीको गोली लागेर १८ वर्षीय विद्यार्थी घाइते भएका छन् ।

    यस विषयमा शिक्षा विभागले विद्यालयहरुलाई पत्राचार गरिसकेको जनाएको छ । पत्रमा विद्यार्थीहरुलाई गैर–कानुनी भेला तथा प्रदर्शनीमा भाग नलिन पनि सचेत गराइएको छ ।

    प्रहरीलाई सहयोग पुग्ने वातावरण बनाउनु सरकारको दायित्व रहेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो । मास्कका कारण गैर–कानुनी क्रियाकलापमा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरीलाई समस्या भइरहेको सरकारी दावी रहेको छ । यस नियम लागू भएपछि मास्क प्रयोग गरेका व्यक्तिलाई कुनै पनि बेला प्रहरीले जाँच गर्न सक्ने छ ।

    पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार यो नियम आवश्कतानुसार लागू गरिने हो । आवश्यकता पर्न छाडेपछि नियम लागू नहुने घोषणा गरिने छ । आपतकालिन नियम लागू गरिए पनि हङकङ आपतकालिन अवस्थामा नरहेको जानकारी गराइएको थियो ।

    यसै क्रममा अक्टुबर १ का दिन पक्राउ परेका दुई नेपाली धरौटीमा रिहा भएका छन् । पक्राउ परेका मेरी लिम्बू र जेनी राई हिजो अपरान्ह रिहा भएको पारिवारिक श्रोतले जनाएको छ ।

  • कमेन्ट गर्नुहोस्