• कर्फ्यूको अफवाहले छाएको सन्त्रास

  •  

    १६ नोभेम्बर । महिनौंको अशान्ति हिंसात्मक बनेसंगै हङकङमा कर्फ्यू लगाउन लागिएको अफवाह फैलिएको छ । पछिल्लो पटक प्रदर्शनकारीको तारोमा सार्वजनिक सवारी बस पनि परेपछि आवगमनमा निकै अप्ठ्यारो स्थिति सिर्जना भएको छ । यस स्थितिमा कर्फ्यूको हल्लाले वातावरणमा सन्त्रास छाएको छ ।

    अफवाह फैलाउनेहरुले नाउ टीभीबाट समाचार प्रशारण भएको भनेपछि उक्त च्यानले विज्ञप्ति नै जारी गर्नु परेको छ । सरकारी श्रोतको हवालासहितको समाचार सम्पे्रषण भएको अफवाहमा कुनै सत्यता नरहेको च्यानलले विज्ञप्तिमा जनाएको छ ।

    अफवाहलाई चीनबाट प्रकाशित ग्लोबल टायम्सले ब्रेकिङ न्युजको रुपमा अनलाइन भर्सनमा सम्प्रेषण गरेपछि भाइरल हुन पुगेको थियो । गत बिहीबार उक्त अनलाइन समाचारमा यस सप्ताहन्त हङकङ सरकारले कफर््यू घोषणा गर्ने अपेक्षा गरिएको छ भन्ने उल्लेख गरिएको थियो ।

    ‘ग्लोबल टाइम्स’ श्रोत उधृत गर्दै रोयटर्स, एपीएफ, ब्लुमवर्गलगायतबाट समाचार सम्पे्रषण भएपछि स्टक मार्केटमा पनि असर परेको थियो । ग्लोबल टाइम्सले उक्त समाचार हटाउदा स्टक मार्केट ०.४ प्रतिशतले घटेको थियो । उक्त दिन हाङसेङ इन्डेक्स ०.९ प्रतिशतले खस्किएको थियो ।

    अघिल्लो रात बिग्रदो अवस्था र शान्ति भड्किएको विषयमा छलफल गर्नका लागि कार्यकारी प्रमुख निवासमा प्रमुख सचिव, सुरक्षा सचिव र कानुन सचिवलगायतको बैठक सम्पन्न भएको थियो । सोही बैठकलाई लिएर विभिन्न अडकल काटिएका थिए ।

    यही क्रममा अर्को पनि अफवाह फैलिएको थियो । हङकङमा रहेका अमेरिकी नागरिक लिनका लागि सेनाको जहाज आउदै छ भन्ने अफवाह फैलाइएको थियो । उक्त विषयमा अमेरिकी कन्सुलेट जनरलले कुनै सत्यता नरहेको बताएको छ । कन्सुलेट जनरलका अनुसार अमेरिकी सेनाको जहाज नियमित तालिका अनुसार हङकङ ट्रान्जिट हुन लागेको हो ।

  • कमेन्ट गर्नुहोस्