• बस दुर्घटनामा पाँचको मृत्यु र तीस घाइते

    घाइतेहरुको उद्धारमा उद्धारकर्मीहरु : तस्बिर: एप्पल डेली ।
  •  

    डिसेम्बर १८ । फान्लिङ हाइवेको कु–तोङमा यात्रुवाहक बस दुर्घटना हुदा ५ को मृत्यु र ३० जना घाइते भएका छन् । सेङसुइतर्फ गइरहेको ९७८ नं.को बस रुखमा ठोकिएपछि उक्त दुर्घटना भएको हो ।

    स्थानीय सञ्चार माध्यमका अनुसार करिव ४ बजेतिर भएको घटनामा दुई तले बसको देब्रेतर्पm गम्भीर रुपले क्षति भएको छ । भ¥याङ थुनिएको कारण माथिल्लो तलामा रहेका घाइतेलगायतलाई उद्दारकर्मीहरुले उद्दार गरेका थिए ।

    दुर्घटनाका कारण तीन यात्रु बाहिर फालिएका थिए । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेका छन् । प्रहरी र अग्नी नियन्त्रकलगायतका उद्दारकर्मीहरु घटनास्थलमा आइपुग्दा कतिपय घाइतेहरु सडक किनारामा छटपटाइरहेका थिए भने एकजना बसभित्र च्यापिएको अवस्थामा थिए ।

    सरकारी प्रवक्ताका अनुसार घाइतेहरुलाई नर्थ डिस्ट्रिक, एलिस मिउ लिङ नेदरसोल, प्रिन्स अफ वेल्स अस्पतालमा लगिएको छ । प्रहरीले घटनाको विषय अनुसन्धान भइरहेको जनाएको छ ।

  • कमेन्ट गर्नुहोस्