• कोरोनाभाइरसः हङकङमा एकको मृत्यु

    सङ्क्रमण रोग उपचार केन्द्रको रुपमा रहेको प्रिन्स मार्गरेट अस्पताल । तस्बिर: ब्लुमवर्ग ।
  •  

    फेब्रुअरी ४ । कोरोनाभाइरस संक्रमित विरामीको हङकङमा पहिलो पटक मृत्यु भएको छ । ३९ वर्षीय पुरुष विरामी, जसको प्रिन्स मार्गरेट अस्पताल क्वाइचुङमा उपचार भइरहेको थियो, को आज विहान मृत्यु भएको अनलाइन एससीएमपीले समाचार सम्प्रेषण गरेको छ ।

    १३औं संक्रमितको रुपमा अस्पताल भर्ना गरिएका उनी जनवरी २१ का दिन वुहान गएका थिए र दुई दिनपछि एक्सप्रेस रेलबाट फर्किएका थिए । उनी ३१ जनवरीदेखि ज्वरोबाट पीडित थिए ।

    आमासंग वाम्पो गार्डन बस्ने उनलाई क्वीन एलिजावेथ अस्पताल याउमाते भर्ना गरिए पनि कोरोनाभाइरस संक्रमण भएको प्रमाणित भएपछि उनलाई प्रिन्स मार्गरेट अस्पताल स्थानान्तरण गरिएको थियो ।

    मृतकको आमा भ्रमणमा कतै नगए पनि पन्ध्रौं संक्रमितको रुपमा उनलाई फेब्रुअरी २ का दिन अस्पताल भर्ना गरिएको छ । यस सम्बन्धमा आज ४ः३० बजे अस्पताल प्राधिकरण र स्वास्थ्य बचाउ केन्द्रले संयुक्त प्रेस सम्मेलनमार्पmत जानकारी गराइने छ ।

  • कमेन्ट गर्नुहोस्