• कोरोनाभाइरसः हङकङमा दोश्रोको मृत्यु

  •  

    फेब्रुअरी १९ । हङकङमा कोरोनाभाइरस संक्रमित दोश्रो विरामीको मृत्यु भएको छ । मधुमेह तथा मृगौला पीडित ७० वर्षीय विरामीको आज बुधबार बिहान मृत्यु भएको प्रिन्स मार्गरेट अस्पतालले जनाएको छ ।

    एक्लै क्वाइचुङमा बस्ने उक्त व्यक्ति जनवरी २२ का दिन एक दिने भ्रमणका लागि लोकमाचाउ नाकाबाट चीन गएका थिए । फेब्रअरी २ का दिन अस्वस्थ भएपछि अस्पताल भर्ना भएका उनलाई दश दिनपछि प्रिन्स मार्गरेट अस्पताल पठाइएको थियो । फेब्रुअरी १४ का दिन उनलाई कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो ।

    हङकङमा कोरोनाभाइरसबाट मृत्यु हुने पहिलो व्यक्ति पनि मधुमेह पीडित रहेका थिए । फेब्रुअरी ४ का दिन ३९ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

     

  • कमेन्ट गर्नुहोस्