• १८ वर्ष पुगेका परमानेन्ट रेसिडेन्टलाई १० हजार

    अर्थ सचिव पौल चान वजेट भाषण प्रस्तुत गर्ने क्रममा । तस्विर: सूचना विभाग ।
  •  

    फेब्रुअरी २६ । सरकारले १८ वर्ष पुगेका हरेक परमानेन्ट रेसिडेन्ट (स्थायी बासिन्दा)लाई १० हजार हङकङ डलर प्रदान गर्ने भएको छ । अर्थ सचिव पौल चानले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन् ।

    कोरोना भाइरस र सरकार विरोधी आन्दोलनका कारण बिग्रिएको आर्थिक अवस्थामा राहत स्वरुप सरकारले उक्त सहयोग प्रदान गरेको हो । यस बाहेक साना व्यापार–व्यावसायीलाई सहुलियत ऋणको व्यवस्था पनि गरिएको छ । यस राहत प्याकेजका लागि १ सय २० अर्ब खर्च हुने छ ।

    यस भन्दा बाहेक राहत प्याकेजमा तलब तथा सम्पत्ति करमा र सरकारी आवास भाडामा पनि छुटको व्यवस्था रहेको छ । कम आय भएका परिवारका लागि दिइने सामाजिक भत्ता दोब्बर विश्वविद्यालयका परीक्षा शुल्क पनि मिनाहा गरिएको छ ।

    राहत प्याकेजमा कम मुनाफा भएका कम्पनीलाई कर मिनाहा र विजुली, पानीलगायतका महशुलमा अनुदान पनि समावेश गरिएका छन् ।

  • कमेन्ट गर्नुहोस्