• कोरोनोभाइरस सङ्क्रमित नभेटिएको पहिलो दिन

    सेन्टर फर हेल्थ प्रोटेक्सनकी डा. चुङ सुक–क्वान । तस्बिरः सूचना सेवा विभाग ।
  •  

    मार्च २ । हङकङमा आज कोरोनोभाइरस सङ्क्रमित कुनै पनि बिरामी भेटिएन । यद्यपि फेब्रुअरी २२ का दिन जापानबाट उद्दार गरिएकी एक महिलाको स्वास्थ्य नतिजा प्राप्त भएको छैन । फेब्रुअरी २१ देखि प्रत्येक दिन लगातार सङ्क्रमित भेटिएका थिए ।

    सेन्टर फर हेल्थ प्रोटेक्सनको दैनिक पत्रकार सम्मेलनमा बोल्दै डा. चुङ सुक–क्वानले जापानबाट उद्दार गरिएकी ६८ वर्षीया महिला फेब्रुअरी १६ देखि ज्वरोबाट पीडित रहेकी र हाल क्वीन मेरी हस्पिटलमा उपाचाररत रहेकी जानकारी गराइन् ।

    जापान पुगेको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजका एक यात्रुमा कोरोनाभाइरस भेटिएपछि सम्पूर्णलाई क्वारान्टाइनमा राखिएको थियो । पछि उनीहरुलाई सम्बन्धित देशबाट उद्दार गरिएको थियो । उक्त पानीजहाजमा सात सय भन्दा बढी यात्रु रहेका थिए ।

    सेन्टरका अनुसार हङकङमा आजसम्ममा उपचारका लागि भर्ना भएका २ हजार ३३ जना विरामीमध्ये १ हजार ८ सय ५ जना माथि आशंका गरिएकोमा १ सय २८ जनाको अनुसन्धान गरिएको थियो । तीमध्ये ९८ जना सङ्क्रमित रहेकामा २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् ।

     

  • कमेन्ट गर्नुहोस्