• सरकारी कर्मचारी कार्यालय फर्किए

    एमटीआरको कौलुनतङ स्टेसनमा देखिएको यात्रीहरुको भिड । तस्बिरः आरटीएचके ।
  •  

    मार्च २ । कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि फैलावट रोक्न घरैबाट काममा रहेका सरकारी कर्मचारीहरु आजदेखि कार्यालय फर्किएका छन् । लगभग एक महिनापछि आज सार्वजनिक आवागमनमा पनि बृद्धि भएको छ ।

    कर्मचारीलाई कार्यालय आउन भनिए पनि भिडभाड कम गर्नका लागि कतिपय विभागले पालो तोेकेको छ । अघिल्लो दिन कार्यालय आउने कर्मचारीले भोलिपल्ट घरबाटै काम गर्नेछन् ।

    त्यसै गरी कर्मचारी कार्यालय पस्ने र निस्कने समय पनि लचिलो बनाइएको छ । आरटीएचके (रेडियो टेलिभिजन हङकङ)का अनुसार ९ बजे कार्यालय खुल्ने भए पनि इमिग्रेसनका एक कर्मचारीलाई एक घण्टापछि काममा लाग्न भनिएको थियो ।

    सरकारी कार्यालयका सेवाग्राहीलाई मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाएकाहरुलाई कार्यालयमा पस्न नदिइन पनि सकिने बताइएको छ । श्वासबाट नसर्ने भए पनि कोरोनाभाइरस थुक, ¥याल, सिंगानलगायतबाट सर्न सक्ने भएकोले मास्क अनिवार्य गरिएको छ ।

    सरकारी कार्यालय आंशिक रुपमा खुलेपछि सार्वजनिक यातायातमा कम भएको भिडभाड पनि बृद्धि भएको छ । एमटीआर (मास ट्रान्जिट रेल्वे)की एक कर्मचारीका अनुसार एडमिराल्टी स्टेसनमा हिजोअस्ति भन्दा आज २०–३० प्रतिशत यात्रुको चाप बढेको छ ।

    सङ्क्रमणले माहामारीको रुप नलियोस् भनी सरकारले बन्द गरेका विद्यालय पटक–पटक समय थप्दै अप्रिल २० पुर्याएको छ । कोरोनाभाइरसको उत्पत्तिस्थल हुवे प्रान्तको वुहान शहरमा पनि सङ्क्रमितको संख्यामा कमी आएको छ । तर दक्षिण कोरिया, इटाली, इरान लगायतका देशमा महामारीको रुप लिएको छ ।

  • कमेन्ट गर्नुहोस्