• सय पुगे कोरोनोभाइरस सङ्क्रमित

    जापान पुगेको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाज । तस्बिर: क्वादो ।
  •  

    मार्च ३ । हङकङमा कोरोनोभाइरस सङ्क्रमित बिरामीको संख्या १०० पुगेको छ । फेब्रुअरी २२ का दिन जापानबाट उद्दार गरिएकी एक महिला र ८५औं विरामीको रुपमा अस्पतालमा उपचाररत ६३ वर्षीय एक पुरुषमा कोरोनाभाइरस संक्रमण भएको पाइएको छ ।

    जापान पुगेको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजका एक यात्रुमा कोरोनाभाइरस भेटिएपछि सम्पूर्णलाई क्वारान्टाइनमा राखिएको थियो । पछि उनीहरुलाई सम्बन्धित देशबाट उद्दार गरिएको थियो । उक्त पानीजहाजमा सात सय भन्दा बढी यात्रु रहेका थिए ।

    हङकङ भन्दा बाहिर नगएका ६३ वर्षीय पुरुष फेब्रअरी २२ का दिन सम्पन्न उनको बहिनीको विहेमा सहभागी बनेका थिए । विहेमा उपस्थित उनको अर्की बहिनी र श्रीमतीको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि उनीहरुलाई हाल क्वाराइन्टाइनमा राखिएको छ ।

    स्वास्थ्य विभागका अनुसार हिजो सोमबार राति इरानबाट फर्किएका ४० जना हङकङवासीलाई पनि क्वाराइन्टाइमा राखिएको छ । १५ सय सङ्क्रमित पुगिसकेको इरानमा ६६ जनाको मृत्यु भइसकेको छ ।

    यसैबीच कोरोनाभाइरस संक्रमण शुरु भएको वुहानमा फसेका ५ सय भन्दा बढी हङकङवासीलाई उद्दार गर्न सरकारले तयारी शुरु गरेको छ । उनीहरुलाई यही बुधबार र बिहीवार चार्टर्ड विमानद्वारा उद्दार गर्न लागिएको छ ।

    वुहानबाट शुरु भएको कोरोनाभाइरस (कोविड १९) बाट सङ्क्रमित संसारभर ९० हजार ८ सय ८८ पुगेको छ भने ३ हजार १ सय १६ जनाको मृत्यु भएको छ । जाती भएर घर फर्कनेको संख्या ४८ हजार २ रहेको छ ।

  • कमेन्ट गर्नुहोस्