• कुकुरमा पनि भेटियो कोरोनाभाइरस

    कोभिड–१९ संक्रमित महिला र उनको कुकुर । तस्बिरः फेसबुक ।
  •  

    मार्च ४ । संक्रमित एक महिलाको कुकुरमा कोरोनाभाइरस (कोभिड–१९) भेटिएपछि मानिसबाट जनवारमा सरेको पाइएको छ । यो घटना सायद कोभिड–१९ देखा परेका देशमा हङकङ पहिलो हुनु सक्छ ।

    नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव सोफिया चानले आशंका गरिएको कुकुरको परीक्षण गर्दा नतिजा सकरात्मक देखिएपछि कृषि, मत्स्य तथा संरक्षण विभागको क्वारेन्टाइन सेन्टरमा राखिएको बताइन् ।

    कोभिड¬–१९ कुकुरको नाक र मुखमा पाइए पनि शरीरमा संक्रमण नभएको र स्वस्थ्य रहेको छ । अहिलेसम्म घरपालुवा जनावर कोभिड–१९ को श्रोत भएको प्रमाण नभेटिएको र विरामी भएको पाइएको छैन ।

    विगतमा सार्सको बेला पनि कुकुर र विरालोजस्ता घरपालुवा जनावरमा भाइरस पाइए पनि विरामी नभएको पाइएको थियो । त्यो बेला पनि घरपालुवा जनावरबाट मानिसमा संक्रमण भएको पाइएको थिएन । यस किसिमका भाइरस मानिसबाट मानिसमा मात्र सरेको पाइएको छ ।

    घरपालुवा जनावर विरामी नहुने र तिनबाट मानिसमा नसर्ने भए पनि संक्रमित जनावरलाई क्वारेन्टाइनमा राख्नु पर्ने स्वास्थ्य विभागको सुझाव र अनुरोध रहेको छ ।

     

  • कमेन्ट गर्नुहोस्