• कोरोनाभाइरस : सामाजिक दुरीमा पुन: कडाई

    सार्वजनिक स्थलमा सबैले मास्क प्रयोग गर्ने गरेका छन् । तस्बिर: जगत गुरुङ ।
  •  

    जुलाई १३ । कोभिड–१९  सङ्क्रमण स्थानीयमा  बढेसंगै सरकारले सामाजिक दुरीको नियममा पुनः कडाई गरेको छ । बुधबारदेखि लागु हुने नियम अनुसार बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म रेष्टुरेण्टमा खान पाइने छैन, तर बिक्री भने खुला रहने छ ।

    आज स्थानीय ४१ सहित ५२ जना सङ्क्रमित भेटिएपछि उक्त नियम घोषणा गरिएको छ । यसको साथै ५० जनासम्म भेला हुने खुकुलोपनामा पनि कडाई गरी चारजनामा सिमित गरिएको छ । शुरुवातमा चारजनाको नियममा आठजना हुदै ५० जना पुर्‍याइएको थियो ।

    पत्रकार सम्मेलनमा कार्यकारी प्रमुखले घोषणा गरे बमोजिम सार्वजनिक सवारीमा मास्क अनिवार्य लगाउन पर्ने छ । मास्क नलगाएकालाई रेल (एमटीआर) स्टेसनमा प्रवेश गर्न दिइने छैन । यस नियम उल्लंघन गर्नेलाई पाँच हजारसम्म जरिवाना गरिने छ ।

    बुधबारदेखि गेम सेन्टर, स्पा, जिम, काराओके, मसाजलगायत १२ किसिमका व्यापार व्यवसाय बन्द रहने छन् । ती स्थानहरु मार्चमा बन्द गरिएका थिए । केही दिन सङ्क्रमितको संख्या शून्यमा झरेको हङकङमा कोभिड–१९ को तेश्रो बहाव देखिएको छ ।

    आज एकै दिनमा ५० भन्दा बढी भेटिएसंगै हङकङमा सङ्क्रमितको संख्या १५ सय २२ पुगेको छ । स्वास्थ्य सम्बन्धी दैनिक पत्रकार सम्मेलन सकिएको केही समयमा आठौं व्यक्तिको मृत्यु भएको छ । ९६ वर्षिया सङ्क्रमितलाई जुलाई ९ का दिन अस्पताल भर्ना गरिएको थियो ।

  • कमेन्ट गर्नुहोस्