• तीन अंकको संक्रमित लगातार आठौं दिन

    सामाजिक दूरि नियम अझ कडा

    विरामी सुरक्षा र जोखिम व्यवस्थापनकी प्रमुख व्यवस्थापक डा. सारा हो पत्रकार सम्मेलनमा । तस्बिरश्रोतः सूचना विभाग ।
  •  

    जुलाई २९ । तीन अंकको संख्यामा कोभिड–१९ संक्रमित लगातार थपिएको आज आठौं दिन हो । ५ जना आयातितसहित आज जम्मा १ सय १८ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या ३ हजार ३ पुगेको छ । आज एक जनासहित मृत्यु हुनेको संख्या २४ पुगेको छ । उपचाररतको संख्या १ हजार ३ सय ८८ रहेको छ ।

    आजदेखि सामाजिक दूरिको नियमा पनि अझ कडा गरिएको छ । सार्वजनिक स्थलमा दुई जना भन्दा बढी भेला हुन नपाइने नियम लागु भएको छ । यसको साथै रेष्टुरेन्टमा खान नपाइने नियम लगाइएको छ । तर, रेष्टुरेन्टमा खाना विक्री (टेक अवे) भने खुला रहने छ । अनिवार्य मास्कको नियम पनि कडा गरिएको छ । यो नियम पालना नगर्नेलाई २५ हजारसम्म जरिवाना गरिने छ ।

    अस्पताल प्राधिकारणले आज पत्रकार सम्मेलनमार्फत संभव भएसम्मका साधन र श्रोत परिचालन गरेर संक्रमितको उपचार भइरहेको जानकारी गराएको छ । विरामी सुरक्षा र जोखिम व्यवस्थापनकी प्रमुख व्यवस्थापक डा. सारा होले कोभिड–१९ पोजेटिभ देखिएका विरामीले अस्पताल भर्ना हुनको लागि पर्खनु पर्ने छ ।

    प्रमुख व्यवस्थापक डा. होका अनुसार अगष्ट १ देखि चेपलापकोकस्थित एशियावर्ल्ड–एक्सपोमा सार्वजनिक अस्पताल शुरु भएपछि पोजेटिभ देखिएकालाई भर्ना गरी उपचार गरिने छ । अहिले पोजेटिभ देखिएकाहरुलाई लेइयुमुन आइसोलेसन सेन्टरमा राखेर अवलोकन भइरहेको छ ।

  • कमेन्ट गर्नुहोस्