• एशियावर्ल्ड–एक्स्पोमा सामुदायिक अस्पताल

    सामुदायिक अस्पतालस्थित विरामी कक्ष । तस्बिरः सूचना विभाग ।
  •  

    अगष्ट १ । हङकङ विमानस्थल नजिकै एशियावल्र्ड–एक्स्पो प्रदर्शनी सेन्टरमा स्थापना गरिएको सामुदायिक अस्पताल आजदेखि सञ्चालनमा आएको छ । उक्त अस्पतालमा कोभिड–१९ संक्रमितको उपचार शुरु गरिने छ ।

    पाँच सय सैयाको उक्त सामुदायिक अस्पतालमा १८–६० वर्ष उमेरका सामान्य अवस्थाका विरामीको उपचार गरिने छ । उपचाररत विरामीको अवस्था जटिल बनिए सार्वजनिक अस्पतालमा पठाइने छ ।

    कोभिड–१९ को तेश्रो लहरसंगै संक्रमितको संख्या दैनिक सयजना भन्दा बढी बढेसंगै उपचारमा समस्या आउन सक्ने आकलन गरी यस सामुदायिक अस्पतालको परियोजनालाई अघि बढाइएको हो । यस्तै गरी गत हप्तादेखि लेइयुमुनमा सामुदायिक आइसोलेसन सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।

    दैनिक लगातार तीन अंकमा संक्रमित भेटिएको आज ११औं दिन १ सय २५ जना नयाँ थपिएका छन् । एकै दिनमा मर्नेको संख्यामा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज मर्नेको संख्या चार थपिएसंगै जम्मा ३१ पुगेको छ ।

  • कमेन्ट गर्नुहोस्